site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मतलबी’ खेलाडी र मालिकप्रति आक्रोशित एन्टोनियो कोन्टे
Tiktok banner adTiktok banner ad

काठमाडौं । शनिबार साउथह्याम्पटनविरुद्ध ३–३ को बराबरीमा रोकिएपछि आक्रोशित देखिएका टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले खेलाडीलाई ‘मतलवी’ को संज्ञा दिएका छन् । क्लबले प्रशिक्षक परिवर्तन गरे पनि टिमको अवस्था बदल्न दाबी गरे ।

साउथह्याम्पटनविरुद्ध बराबरीमा रोकिएपछि कोन्टेले टिमका खेलाडीहरू ‘एकअर्कालाई सहयोग गर्न नचाहने’ प्रतिकृया दिए । “टोटनहमको कथा यो हो– २० वर्षदेखि यहाँ क्बलका यही मालिक छन् र उनीहरूले किन केही जित्न सकिरहेका छैनन् ?” कोन्टेले क्बलकै मालिकलाई प्रश्न गरे ।

साउथह्याम्पटनविरुद्ध टोटनहमले २–० को अग्रता बनाएको थियो । तर, १५ मिनेटमा दुई गोल व्यहोरेपछि टोटनहम अंक बाढ्न बाध्य बन्यो । 

“सबै कमजोरी क्लबको मात्रै वा यहाँ आउने प्रत्येक व्यवस्थापकको हो ?,” कोन्टेले भने, “मैले टोटनहमको बेन्चमा रहेका व्यवस्थापकहरू देखेको छु । प्रशिक्षकको कार्यमा अवरोध पुर्‍याउने  जोखिम मोल्ने र बाँकी कुराहरूलाई सहयोग गर्ने ।”

“अहिलेसम्म मैले यो अवस्था लुकाउने प्रयास गरे । तर, अब गर्दिन । म फेरि भन्न चाहन्छु, आज मैले जे देखे त्यो फेरि देख्न चाहन्न । किनभने यो मेरो लागि र समर्थकको लागि अस्वीकार्य छ ।”

सन् २००१ मा ड्यानियल लेभी नेतृत्वको समूहले क्लबको स्वामित्व लिएयता टोटनहमले एकमात्र उपाधि जितेको छ । लेभी नेतृत्वको समूह स्वामित्वमा आएयता टोटनहमले सन् २००८ मा लिग कपको उपाधि जितेको थियो । 

tott1679302380.jpg

यो समयमा टोटनहमले ११ फरक प्रशिक्षक पायो । सन् २०१९ मा माउरिसियो पोचेटिनोले जिम्मेवारी छोडेयता मात्रै टोटनहमलाई तीन प्रशिक्षकले प्रशिक्षण सम्हालिसकेका छन् । पोचेटिनोको प्रशिक्षणमा टोटनहमले च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, त्यसको ६ महिनापछि नै पोचेटिनो क्लबको बर्खास्तीमा परे । 

टोटनहमले यस सिजन सबै प्रतियोगिताबाट बाहिरिसकेको छ । कोन्टेको टिमलाई एफए कपबाट सेफिल्ड युनाइटेडले निकालेको थियो । च्याम्पियन्स लिगमा उनीहरूको आशा एसी मिलानले टुंग्यायो । र, कोन्टेले अब क्लब र खेलाडीले यसको जिम्मेवारी लिने समय आएको प्रतिक्रिया दिए । 

“क्लब, प्रशिक्षक र अन्य कर्मचारीमात्र नभइ यो अवस्थाबाट माथि उक्लिन खेलाडी पनि संलग्न हुन आवश्यक छ । किनभने अहिले क्लबमा परिवर्तनको समय आएको छ । यदि टोटनहम अहिलेको अवस्थामा परिवर्तन चाहन्छ भने,” कोन्टेले भने । 

“यदि क्लब यही अवस्थामा अघि बढ्न चाहन्छन् भने उनीहरूले टिमको प्रशिक्षक परिवर्तन गर्न सक्छन् । धेरै प्रशिक्षक ल्याउन सक्छन् । तर विश्वास गर उनीहरूले क्लबको अवस्था भने परिवर्तन गर्नै सक्दैनन् ।”

“सायद यसअघिका अरु खेलमा केही परिवर्तन गर्न सकिन्थ्यो । तर, हामी लामो समयदेखि यसैमा रमाइरहेका छौँ । क्लब सरुवा बजारका लागि जिम्मेवार छ, यहाँ आएका सबै प्रशिक्षकहरू जिम्मेवार छन् । र, खेलाडी ? कहाँ छन् खेलाडी ?,” आक्रोशित कोन्टेले प्रश्न गरे ।

“मेरो अनुभवअनुसार यदि टिम प्रतिस्पर्धात्मक हुन चाहन्छ भने, लड्न चाहन्छ भने, टिमले यो कुरामा सुधार गर्न आवश्यक हुन्छ । अहिले क्लबको अवस्था निकै तल छ । मैदानमा ११ खेलाडीहरू आफ्नो लागि मात्रै खेल्दैछन् ।”

tot1679302388.jpg

टोटनहममा यस्तो अवस्था किन छ भन्ने प्रश्नमा कोन्टेले भने, “किनकी उनीहरू पहिले पनि यस्तै थिए । उनीहरू यहाँ कुनै महत्वपूर्ण कुराका लागि खेल्दैनन् । उनीहरू दबाबमा खेल्न चाहँदैनन् । उनीहरू तनावमा खेल्नै चाहँदैनन् ।”

टोटनहम प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा नै यथावत् छ । साउथह्याम्पटनसँगको जितले म्यानचेस्टर युनाइटेडलाई उछिन्दै टोटनहम तेस्रो स्थानमा उक्लिने समीकरण थियो । तर, बराबरीपछि आक्रोशित देखिएका कोन्टेले पत्रकार सम्मेलनमा टोटनहमको यही लय कायम रहे टिमले च्याम्पियन्स लिगमा स्थान बनाउन पनि भाग्यको साथ कुर्नुपर्ने बताए ।

उनले भने, “अब १० खेल बाँकी छ । केही मानिसहरू हामी शीर्ष चारका लागि लड्न सक्छौं भन्ने विश्वास गरिरहेका छन् । तर, लडाईं यो भावना, प्रतिबद्धता र मनोभावसहित ? के का लागि ? सातौं, आठौं वा १०औं स्थानका लागि ?”

“हामीसँग ११ जना खेलाडी छन् जो मैदानमा प्रतिस्पर्धाका लागि जान्छन् । म मतलबी खेलाडी देख्छु । म त्यस्ता खेलाडी देख्छु जो टिमको अर्को सहकर्मीलाई सहयोग गर्न चाहँदैन,” कोन्टे थप्छन्, “म कहिल्यै यस्तोखाले अवस्थामा थिइन । म निकै निराश छु र सबैले जिम्मेवारी लिन आवश्यक छ ।”

कोन्टेले मंगलबार क्लबले आफूलाई बर्खास्त गर्न सक्ने अनुमान नरहेको बताएका थिए । कोन्टेले क्लबको अवस्था पछिल्लो सिजनको भन्दा खराब भएको भन्दै टिमको आलोचना गरेका हुन् । टोटनहमले गत सिजनमा प्रिमियर लिगको शीर्ष चारमा रहँदा आर्सनललाई पछि पारेको थियो । तर, जारी सिजन लिग उपाधिका लागि अघि बढिरहेको आर्सनल अंक तालिकाको शीर्ष स्थानमा छ । 

totte1679302455.png

“आजभन्दा अघि म यो अवस्था लुकाउन चाहन्थे । म यो अवस्थाबारे खेलाडीहरूसँग कुरा गर्न चाहन्थे । कुराकानीको माध्यमबाट टिम भावना उकास्न चाहन्थे ।”

“यदि गत सिजन र अहिलेको सिजनको तुलना गर्ने हो भने हामीले धेरै कुराहरूमा सुधार गर्न आवश्यक थियो । तर, अहिले अवस्था झनै नाजुक बनेको छ । यदि एक टिमको रुपमा नखेल्ने हो भने जुनसुकै बेला जे पनि हुन सक्छ । साउथह्याम्पटनविरुद्ध त्यस्तै भयो,” कोन्टेले भने, “एक टिमको रुपमा खेल्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । एक क्लबको लागि खेल्दैछु भन्ने कुराको महसुस हुन पनि टिमले एकसाथ खेल्न आवश्यक छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro