
काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कपका लागि लाओसको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।
फागुन ८ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि लाओसको टिम सोमबार दिउँसो नेपाल आइपुगेको हो । लाओसको टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता छ । प्रतियोगिताका लागि भुटानी टिम पनि आजै नेपाल आएको थियो । सिंगल राउन्ड रोबिन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि खेल्नेछन् ।
पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् ।
यो प्रतियोगितासँगै राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा आफ्नो प्रशिक्षण यात्रा सुरु गर्नेछन् । प्रतियोतिगाका लागि एन्फाले टिकट मुल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार तोकेको छ ।