
काठमाडौं । इक्वेडरमा शनिबार दिउँसो ६.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प दक्षिणी सहर बालाओ नजिकै गएको थियो र यसको गहिराइ ६५ किलोमिटर (लगभग ४१ माइल) भन्दा बढी थियो ।
इक्वेडरका प्रेसिडेंसीको सञ्चार महासचिवले आफ्नो आधिकारिक खातामा ट्विट गरे अनुसार भूकम्पमा परी ३८१ जना घाइते भएको अनुमान गरिएको छ ।
इल ओरो प्रान्तमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । इक्वेडरका राष्ट्रपतिका लागि सञ्चार विभागका अनुसार अजुए प्रान्तमा अन्य एकजनाको मृत्यु भएको रिर्पोट गरिएको छ ।
अघिल्लो रिर्पोटमा अधिकारीहरूले अजुए प्रान्तमा पर्खाल भत्किँदा मृत्यु भएको थियो । सीएनएन