site stats
खेल
चेल्सी र टोटनहम बराबरीमा रोकियो

काठमाडौं । चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा शनिबार राति इङ्लिस प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको एभर्टनसँग २–२ को बराबरीमा रोकिएको छ । त्यस्तै एन्टोनियो कोन्टेको टोटनहमले पनि अन्तिम समयमा सम्हालिन नसक्दा पुछारको क्लब साउथ ह्याम्पटनसँग ३–३ को बराबरीमा चित्त बुझाएको छ ।

चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जाओ फेलिक्सको गोलबाट ५२औँ मिनेटमा अग्रता लिएको थियो । ६९औँ मिनेटमा अबडोलाए डोउकोरेले बराबरी गोल फर्काएका थिए । ७६औँ मिनेटमा काइ हाभार्ट्जले पेनाल्टीमा गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो । खेल सकिन एक मिनेट बाँकी हुँदा इलिस सिम्सले बराबरी गोल फर्काएपछि चेल्सी बराबरीमा रोकिएको थियो ।

बराबरीपछि २७ खेलबाट ३८ अंक जोडेको चेल्सी दशौँ स्थानमा यथावत छ । २८ खेलबाट २६ अंक जोडेको एभर्टन भने १५औँ स्थानमा छ । जुन रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ह्यामभन्दा दुई अंकले माथि हो । तथापी वेष्ट ह्यामले २६ खेलमात्र खेलेको छ ।

S.A.U
Agani Group

टोनहमले पुछारको क्लब साउथह्याम्पटनसँग ३–३ को बराबरी खेल्यो । पेड्रो पोरोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट टोटनहमले अग्रता लिएको थियो । ४६औँ मिनेटमा चे एडमले बराबरी गोल फर्काएका थिए । ६५औँ मिनेटमा ह्यारी केनले गरेको गोबलाट टोटनहमले पुनः अग्रता लियो । ७४औँ मिनेटमा इभान पेरिसिचले टोटनहमको अग्रता बढाए ।

७७औँ मिनेटमा साउथह्याम्पटनका थियो वाल्कटले गोल अन्तर कम गरे । पाँच मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा जेम्स वार्ड–प्रोउजले पेनाल्टीमा गोल गरेपछि टोटनहम अंक बाड्न बाध्य भएको थियो ।

Global bank

बराबरीका बाबजुद २८ खेलबाट ४९ अंक जोडेको टोटनहम चौथो स्थानमा यथावत छ । जुन पाँचौँ स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले माथि हो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा एक अंकले तल हो । तर, टोटनहमले दुई खेल बढी खेलेको छ ।

प्रिमियर लिगमा लिड्स युनाइटेडले उम्भरह्याम्पटनलाई ४–२ ले हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ । १४औँ स्थानमा रहेको लिड्सले २७ खेलबाट २६ अंक जोडेको छ । जुन रेलिगेसन क्षेत्रको वेष्ट ह्यामभन्दा दुई अंकले माथि हो । तथापी लिड्सले एक खेल बढी खेलेको छ ।

रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको लेस्टर सिटी भने ब्रेन्टफोर्डसँग १–१ को बराबरी खेलेको छ । ब्रेन्टफोर्ड ४२ अंकका साथ आठौँ स्थानमा छ । लेस्टर २५ अंकका साथ १७औँ स्थानमा छ । ११औँ स्थानको एष्टन भिल्लाले बर्नमाउथलाई ३–० ले हरायो ।

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय