site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटमा नेपालको जित
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रथम रेडमन्ड इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी (बीसीसीए)ले विजयी सुरुआत गरेको छ । बीसीसीएले चार खेलको श्रृंखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसनलाई नौ विकेटले पराजित गरी १–० को अग्रता लिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा नौ विकेट गुमाएर ६६ रनको सामान्य स्कोर बनाएको थियो । 

Agni Group

भारतीय टोलीका लागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाइन् । नेपालकी अन्तर्राष्ट्रिय खेलाडी अस्मिता कर्मचार्यले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिइन् ।  उनी खेलको प्लेयर्स अफ दी म्याच घोषित भइन् । त्यस्तै, नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले १–१ विकेट लिए ।

जवाफमा ६७ रनको झिनो लक्ष्य पछ्याएको बीसीसीएले १० ओभरमा एक विकेट गुमाएर सो विजयी लक्ष्य भेट्टाएको थियो । नेपालकी विकेट किपर काजल श्रेष्ठ ३७ रनमा अविजित हुँदा अर्की अन्तर्राष्ट्रिय खेलाडी अप्सरी वेगम चार रनमा अविजित भइन् । त्यस्तै, अन्तर्राष्ट्रिय खेलाडी सम्झना खड्काले २१ रन बनाइन् । 

Global Ime bank

भारतकी मिनाक्षी कबदालले एक विकेट लिइन् ।

चैत ७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । प्रतियोगितामा ५० ओभरको एक खेल र तीनवटा टी–२० प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीको तर्फबाट नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले कप्तानी गरेकी छन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, अस्मिना कर्मचार्य, कविता गौतम, सानु राजवंशीलगायतका अन्तर्राष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् । 

प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC