site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पुटिन युद्ध अपराधमा दोषी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले शुकवार युक्रेन आक्रमणमा ‘युद्ध अपराध’मा दोषी ठहर गरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रको राष्ट्राध्यक्षविरुद्ध जारी गरिएको यो पहिलो पक्राउ पुर्जी हो ।

आणविक महाशक्ति रुसी महासंघले छिमेकको सानो मुलुक युक्रेनमाथि गत २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि सुरु भएको युद्ध अझै सकिएको छैन । त्यसो त रूसले सन् २०१४ मा युक्रेनको क्रिमिया हडपेपछि नै दुई देशबीच युद्ध जारी नै रहेको मानिन्छ ।

युक्रेनी बालबालिकाफाई अवैधरूपमा अपहरण गरी रुसमा पुर्‍याएको आरोपमा राष्ट्रपति पुटिन र उनको बालअधिकार हेर्ने आयुक्त मारिया बेलोभासमेतलाई युद्ध अपराधमा दोषी ठहर गरिएको हो । रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेपछि विभिन्न युद्ध अपराध गरेको आरोप युक्रेनले लगाउँदै आएको छ ।

मानवता विरोधी गम्भीर अपराधमा न्याय दिन स्थापित आईसीसीमा हस्ताक्षर नगरेका कारण रुस यसको अधिकार क्षेत्रमा त पर्दैन तैपनि राष्ट्रपति पुटिनमाथि यसको नैतिक दबाब भने पक्कै पर्नेछ । उनी सम्भवतः अब युरोप र अमेरिकामा स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउनेछैनन् ।

आफ्नै प्रहरी नभएको आईसीसीले युद्ध अपराधीहरूलाई सदस्य राष्ट्रहरूको सहयोगमा पक्रन्छ  । कतिपय सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय अभियुक्तमाथि मुद्दा चलाउन सक्ने क्षेत्राधिकार भएको राष्ट्रिय कानुन पनि बनाएका छन् । स्मरणीय छ, बेलायतमा नेपाली सेनाका अधिकृतमाथि पनि मुद्दा चलाइएको थियो ।

युक्रेनको सार्वभौम सत्ताको सम्मान गर्न सिंगै विश्वले आग्रह गर्दा पनि हठ नछाड्ने राष्ट्रपति पुटिन र उनका सहयोगीले आईसीसीको पक्राउ पुर्जीको सम्मान त के गर्लान् र रु तैपनि यसले रुसमाथि युद्ध रोक्न दबाब पुग्यो भने त्यो विश्वकै लागि वरदान हुनेछ । 

बालअधिकारका दृष्टिले पनि पुटिनमाथि लागेको आरोप निकै गम्भीर र आपत्तिजनक छ । बालबालिकालाई अपहरण गरी आमाबाबुको काख र जन्मभूमिबाट बेदखल गर्नु मानवता विरोधी अपराध हो । यसका लागि पनि रुसी राष्ट्रपति पुटिन इतिहासमा निन्दाका पात्र र कलङ्कित बनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro