site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रूसी आल्मुनियम कम्पनीको नाफा ४५ प्रतिशत कमी
Ghorahi CementGhorahi Cement

मस्को । रूसी आल्मुनियम कम्पनी रूसलले सन् २०२२ मा आफ्नो खुद नाफा करिब ४५ प्रतिशतले घटेको जनाएको छ ।

रूसालको खुद नाफा एक अर्ब ८० करोड अमेरिकी डलर रहेको र अघिल्लो वर्षको तुलनामा ४४.४ प्रतिशतले घटेको समूहले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

रूसालले सन् २०२२ मा अभूतपूर्व दबाब र प्रतिबन्धहरूको सामना गर्नुपरेको, तत्काल नयाँ आपूर्तिकर्ताहरूको खोजी गर्नुपरेको र आपूर्ति शृङ्खलालाई पुनः व्यवस्थित गर्नुपरेको कारणले गर्दा उत्पादन लागतमा ३०.२ प्रतिशतले वृद्धि भएको समूहले जनाएको छ ।

Agni Group

रूसमा आल्युुमिना र आल्मुनियमको निर्यातमा अष्ट्रेलियाले लगाएको प्रतिबन्धका साथै ‘माइकोलाइभ आल्युमिना रिफाइनरी’मा आल्युमिनाको उत्पादन स्थगन गरिएका कारण यो विशेष गरी प्रभावित भएको बताइएको छ ।

कम्पनीले भनेको छ, “मुद्रास्फीति र भूराजनीतिक तनावले ऊर्जा र कच्चा मालको मूल्यमा अत्यधिक वृद्धिलाई बढाएको छ, जसले बलियो रूबल र जटिल रसदको साथ, आल्मुनियम उत्पादनको लागतमा ३१.८ प्रतिशत वृद्धि भएको छ ।”

Global Ime bank

रुसालले कच्चा पदार्थको आपूर्ति र आपूर्ति शृङ्खलाको पुनः सुरूवातपछि आल्मुनियमको बिक्री ‘लगभग अपरिवर्तित रहेको’ बताएको छ । आपूर्ति शृङ्खलाको पुनः सुरूवातपछि उत्पादनमा १.९ प्रतिशतले वृद्धि भएको छ ।

रुसालले सन् २०२३ को विस्तृत पूर्वानुमान गर्न नचाहेको बताएको छ ।

गत वर्ष मस्कोले युक्रेनमा सेना पठाएपछि रूसका संस्थापक ओलेग डेरिपास्काले युक्रेनलाई ध्वस्त पार्नु ‘ठूलो गल्ती’ हुने बताएको थियो । रासस/एएफपी

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC