site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूस भ्रमणमा जाँदै चीनका राष्ट्रपति सी जिनपिङ
Tiktok banner adTiktok banner ad

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निमन्त्रणा गरेपछि चीनका राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणको लागि रूस जाने भएका छन् । 

सीले मार्च २० देखि २२ सम्म रूसको भ्रमण गर्ने रोयटर्सले लेखेको छ । चीनले युक्रेनमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको बेला यो भ्रमण हुन लागेको हो ।

रूसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि फेब्रुअरी २०२२ मा पुटिनले शीतकालीन ओलम्पिकको उद्घाटनका लागि बेइजिङको भ्रमण गर्दा चीन र रूसले ‘नो लिमिट’ साझेदारी गरेका थिए ।

सोपश्चात् दुवै पक्षले आफ्नो सम्बन्ध बलियो गराउने प्रयास गरेका छन् । उक्रेन आक्रमणपछि दुई देशबीचको व्यापार बढेको छ ।  

चीन रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता समेत हो । मस्कोको लागि चिनियाँ व्यापार राजस्वको प्रमुख स्रोत हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro