site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीलाई धन्यवाद !
Sarbottam CementSarbottam Cement

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकाल पूरा गरेर घर सोमवार घर फर्कँदै छिन् । विवादरहित हुन नसके पनि उनले गणतन्त्र नेपालको राष्ट्रपतिका रूपमा दुई कार्यकाल निर्बाध पूरा गरिन् । 

उनका निर्णयहरू र जीवन शैलीको बढी नै आलोचना भयो । राष्ट्रपति भण्डारीकै व्यवहारप्रति लक्षित गर्दै गणतन्त्रकै बदनाम गर्ने प्रयाससमेत गरियो । विशेषगरी, नेकपा (एमाले)प्रतिको उनको मोह बढी आलोचित भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति भण्डारीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले दुईपटकसम्म असंवैधानिक ठहर गरेको थियो । त्यस्तै, नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश नै जारी गर्नुपर्‍यो ।

राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा फर्काएकी विधेयक पुनः पारित गरेर पठाएपछि पनि उनले संविधानले तोकेको म्यादभित्र जारी नगरेर तुहाइदिइन् । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा र नहुँदा अध्यादेशकै हकमा पनि अलग व्यवहार  भयो ।

Global Ime bank

यसैले उनको कार्यकाल सफल भन्न त सकिँदैन तर नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा इतिहासमा उनले आफ्नो स्थान सुरक्षित राखेकी छन् । उनले गरेका विवादास्पद निर्णय र अभ्यासमा पनि उनलाईमात्र दोषी ठान्नु अन्याय हुन्छ । मूलतः  तत्कालीन प्रधानमन्त्री ओलीकै निर्णय उनले कार्यान्वयन गरेकी हुन् । 

अब उनको मूल्याङ्कन इतिहासले गर्नेछ । पूर्वराष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको प्रतिष्ठा देशकै गरिमासँग जोडिएको हुन्छ । उनी स्वयंले पनि आफू पूर्वराष्ट्राध्यक्ष भएको हेक्का राख्नुपर्छ भने समाजले पनि बिर्सनु हुँदैन ।  

राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीले गरेका गल्तीहरू भावि राष्ट्राध्यक्षहरूका लागि पाठ बन्न सक्छ । उनका राम्रा कामहरू राष्ट्रकै धरोहर हुनेछन् । राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गर्दै उनको भावि जीवन सुखद, स्वस्थ र शान्तिपूर्ण होस् भन्ने कामना गरौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC