विदेश

काठमाडौं । सी चीनफिङ तेस्रोपटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ६९ वर्षीय चीनफिङ शुक्रबार सर्वसम्मतबाट राष्ट्रपति निर्वाचित भएका हुन् ।
नेशनल पिपुल्स कांग्रेसको करिब ३ हजार सदस्यले उनलाई विजयी गराएका हुन् । राष्ट्रपतिका उनी एक मात्र उमेदवार थिए ।
निर्वाचित भएपछि उनले ‘समृद्ध, बलियो, लोकतान्त्रिक, सभ्य, मेलमिलाप र महान आधुनिक समाजवादी देश निर्माण गर्ने’ टेलिभिजनको प्रत्यक्ष परसारण गरिएको शपथमा वाचा गरे ।
गत अक्टोबरमै उनी चिनियाँ कम्युनिष्ट पार्टी र सेनाको अध्यक्ष भएपछि राष्ट्रपति पद सुनिश्चित थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ ११:५७
प्रतिक्रिया दिनुहोस्