site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...अनि पोखरा विमान दुर्घटनाको याद आयो

काठमाडौं । उडिरहेको जहाज एक्कासि हल्लिन थाल्यो । त्यतिकैमा एयर होस्टेसले अनाउन्स (उद्घोष) गरिन्– 'हाम्रो जहाजको दुई वटा इन्जिङमध्ये एउटामा समस्या आयो । हामी काठमाडौं डाइभर्ट गर्दै छौँ ।'

एयर होस्टेसले अगाडि भनिन्– 'अबको १२ मिनेटमा हामी काठमाडौं ल्यान्ड (अवतरण) गर्नेछौँ । नआत्तिकन सिटको बेल्ट बाँधेर बस्नुहोला ।'

“त्यसपछि जहाजमा यात्रुहरू एकाएक चिच्याउन थाले । कोलाहल मच्चियो । के गरौँ, कता जाऊँ भयो । अनि पोखरा विमान दुर्घटनाको याद आयो । भगवानको नाम जप्न थाल्यौँ,” राजाराम खड्काले भने । 

श्री एयरलाइन्स । उडान नम्बर एसएचए ८२१ । उड्ने समय थियो, बिहीबार बिहान ७ः३० बजे । गन्तव्य थियो, भैरहवा । काठमाडौंबाट उड्ने तालिका थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सबै यात्रुहरू समयमै पुगिसकेका थिए । तर, जहाज डिले (ढिलो) भयो । साढे ७ बजे उड्नुपर्ने जहाजले ९ः३८ बजे मात्र टेकअप लियो । जहाजलाई क्याप्टेन भरतसिंह थापाले उडाएका  थिए ।

राजाराम खड्का शुभलक्ष्मी सिमेन्टका प्रबन्ध सञ्चालक हुन् । उनीसहित ७४ जना यात्रु त्यही जहाजमा सवार थिए । जहाजमा थप चारजना चालकदलका सदस्यगरी ७८ जना थिए । जहाजको सिट क्षमथा थियो, ८०। 

तर, जब जहाज उड्यो खड्काले जहाजले केही सन्तुलन गुमाएको महसुस गरे । उनले ठट्टा गर्दै छेउमा बसेका साथीलाई भनेका थिए– 'के हो, आज त केटाहरूले जहाज पनि मोटरसाइकल जसरी चलाइरहेका छन् त ।' 

उनको ठट्टा लामो समयसम्म टिकेन । एयर होस्टसले 'जहाजमा समस्या आएको' अनाउन्स गर्न बित्तिकै डर हाबी भइहाल्यो । 

त्यसपछि क्रू मेम्बर (चालक दलका सदस्य)ले यात्रुहरूलाई नडराउन आग्रह गरे । सुरक्षित रूपमा जहाज अवतरण गराउने आश्वासन दिए । सम्झाउने प्रयास गरे । उनीहरू भनिरहेका थिए– जहाजका दुई वटा इन्जिङ हुन्छन् । एउटा इन्जिङले काम नगरेपनि अर्काे इन्जिङले काम गर्छ ।

तर पनि जहाजको कोलाहल रोकिएन । 

एकैछिमा जहाज काठमाडौं प्रवेश गर्‍यो । सुरक्षित रूपमा अवतरण गर्‍यो । 

अघिसम्म रोहिरहेका यात्रुहरूले चालक दललाई धन्यवाद दिए । जहाजबाट बाहिर निस्कँदा विमानस्थलमा सुरक्षाका साधनसहित सुरक्षाकर्मी तैनाथ थिए ।

पछि ती यात्रुहरूलाई अर्काे जहाजको व्यवस्था गरिएको थियो । खड्कासहित ६० प्रतिशत यात्रु श्री एयरलाइन्सको अर्काे जहाजबाट भैरहवा पुगे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro