site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली सैनिकको गोली लागेर तीन प्यालेस्टाइनीको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

रामल्लाह । इजरायली सेनाको गोली लागेर बिहीबार जेनिनको उत्तरी वेस्ट बैंक सहरको दक्षिणस्थित जाबा गाउँमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टाइनी सुरक्षा स्रोत र प्रत्यक्षदर्शीहरूले जनाएअनुसार इजरायली सेनाले प्यालेस्टाइनीहरू चढेको गाडीलाई लक्षित गरी गोली चलाउँदा दुवै तर्फबाट गोली हानहान भएको र तीन प्यालेस्टाइनीको मृत्यु भएको हो । 

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आफ्ना सैनिकहरूमाथि आक्रमण गर्न खोजेका संदिग्धहरूलाई पक्राउ गर्न जाबा गाउँमा छापा मारेको र संदिग्धहरूले इजरायली सेनामाथि गोली प्रहार गर्न खोज्दा जवाफी कारबाहीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ  । 

वेस्ट बैंक र पूर्वी जेरुसेलममा इजरायल र प्यालेस्टिनीबीच जनवरीको सुरुदेखि नै तनाव बढिरहेको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro