site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

साना । यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा २१ जनाको ज्यान गएको छ । मंगलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ ।

यमनको उत्तरी रेड सीमा सो डुङ्गा दुर्घटना भएको हो । उक्त डुङ्गामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह्न नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेको समाचारमा जनाइएको छ । आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र ६ बालबालिका थिए ।

डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र ६ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro