site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लघुवित्त पीडितसँग अवसरवादी मिसिएका त छैनन् ? दोष कसको ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो समय लघुवित्तका कारण घरबार छोड्नुपरेको, घर परिवार बिग्रिएको तथा परिवारका सदस्यले मृत्युको बाटो रोज्नुपरेकोजस्ता समाचाहरू जताततै फैलिएका छन् । लघुवित्तले गाउँगाउँमा गएर स्थानीय महिलालाई ऋण लिन बाध्य बनाउने र पछि ऋण असुल्न जुनसुकै हदसम्म पनि पुग्ने गरेको पनि पीडितहरू गुनासो छ । 

तर, जो पीडित भनेर अहिले बजारमा जताततै हल्ला फैलाइरहेका छन्, के उनीहरू साँच्चिकै पीडित हुन् ? वास्तविक पीडित कसरी छुट्याउने ? जानकारहरू भने लघुवित्तका वास्तविक पीडितसँगै अवसरवादीहरू मिसिएको बताउँछन् । 

व्यक्तिगत प्रयोजनका लागि ऋण लिन जुन हदसम्म पनि पुग्ने, सहज रूपमा ऋण पाएपछि तिर्न सक्दिन भन्नु उचित नहुने सरोकारवालाको तर्क छ । क्षमताभन्दा बढी ऋण लिएर तिर्ने समय आएपछि मिनाहा हुनुपर्छ भनेर माग राख्नु गलत भएको तर्क उनीहरूको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्कोतिर लघुवित्तले उत्पादन नहुने क्षेत्रमा लगानी गर्ने र त्यो ऋण तिर्न ऋणीले अर्काे लघुवित्तको सहारा लिने प्रवृत्ति बढ्दा समस्या बढेको देखिन्छ । त्यसमा पनि लघुवित्तले ऋणीको आधारभूत पक्षलाई ध्यान नदिई बढी ऋण प्रवाह गर्दा पनि समस्या उत्पन्न भएको हो । व्यापार व्यवसाय नै नभएकालाई आठवटा लघुवित्तले ऋण दिँदा एक परिवार मात्र होइन, काभ्रेको सिमपानी गाउँ नै उठिबास हुने स्थितिमा पुगेको उदाहरणको रूपमा देखा परेको छ । यो गाउँका महिलाहरूले विभिन्न लघुवित्तबाट दुई करोडभन्दा बढी ऋण लिएको स्थानीय प्रिया खत्रीले बताइन् । 

नेपाल राष्ट्र बैंकले समयमा नै नियमन तथा अनुगमन नगर्दा अहिलेको स्थिति उत्पन्न भएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका उप–प्रध्यापक डा. भरतसिंह थापा बताउँछन् । अहिलेको लघुवित्तीय मोडेलले काम नगर्ने उनले बताए ।

Royal Enfield Island Ad

“नेपाल राष्ट्र बैंकले समयमा नै लिड नगर्दा अहिलेको अवस्था आएको हो । एउटा संस्थाले एक व्यक्तिलाई कति कर्जा लगानी गर्ने भन्ने पनि नियम पहिले नै बनाइदिएको भए यसरी ८/१० वटा लघुवित्तले एउटै ऋणीलाई ऋण दिने स्थिति आउँदैन थियो,” थापाले भने, “अहिले लघुवित्त नै चाहिँदैन भनेर अभियान चलाइएको छ । यो गलत हो । हामीले लघुवित्तको अवधारणा बुझेकै छैनौँ । यस्तो अभियान चलाउनुहुँदैन । बरु कमजोरी भए सुधार्दै जानुपर्छ । लहडको भरमा अहिले जे हुँदैछ, त्यो राम्रो भएको छैन । लघुवित्त संस्था पनि सुध्रिनुपर्छ ।”

लघुवित्त गरिबीलाई कम गर्न खडा भएका संस्था हुन् । लघुवित्तले ग्रामीण भेगमा गएर गरिब घरपरिवारलाई आत्मनिर्भर बन्न र समूहमा काम गर्न प्रेरित गर्नुपर्ने हो । तर, अहिलेको अवस्थामा यस्तो देखिँदैन । लघुवित्तहरू जसरी पनि ऋण लगानी गर्ने र जसरी पनि ब्याजसहित असुल गर्ने उद्देश्यबाट बढी प्रेरित भएको देखिन्छ ।

यसको कारण संस्थाको संरचना र राष्ट्र बैंकको नीति रहेको अधिकांशको बुझाइ छ । अहिलेको लघुवित्तको मोडलले गरिबलाई गरिबीको चक्रबाट बाहिर निकाल्न भूमिका खेल्नेभन्दा झन् गरिब बनाउनतिर लागेको थापा बताउँछन् । 

“लघुवित्तले गरिबी घटाउन सहयोग गर्नुपर्ने हो । तर, अहिलेको अवस्था यस्तो देखिएन । व्यापारीहरू संस्थाका सेयरधनी छन् । तिनले नाफा कमाउने उद्देश्य राखेका छन् । अनि सेवाभन्दा व्यवसाय बढी हुने गर्छ,” उनले भने, “राष्ट्र बैंकले पनि यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा हेर्नुपर्छ । अनि संस्था पनि जिम्मेवार हुनुपर्छ । ऋण असुल्ने भन्दैमा ऋणीलाई गालीगलौज गरेर समस्या समाधान हुँदैन । यसको समाधान खोज्न सबै लाग्नुपर्छ ।”

त्यस्तै, एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिँदा पनि समस्या भएको बताइएको छ । यसका साथै व्यवसाय गर्न भनेर लिएको ऋण अन्यत्रै खर्च गरेर पनि यस्तो समस्या आउने गरेको थापा बताउँछन् । तर, यसका लागि संस्थाले अनुगमन गर्नुपर्ने उनी बताउँछन् । ऋणीहरूको वर्गीकरण गरेर लघुवित्त कोषहरूबाट उनीहरूको समस्या समाधान गर्नुपर्ने पनि थापा सुझाउँछन् । 

लघुवित्तले अहिले १४ प्रतिशतमा बैंकबाट कर्जा लिएर १५ प्रतिशत ब्याजदरमा ग्रामीण भेगका नागरिकलाई ऋण लगानी गरिरहेको लघुवित्तका सञ्चालकहरू बताउँछन् । त्यसमा सेवाशुल्कबापत एक साढे एक प्रतिशत थप गरिएको बताइएको छ । तर, कतिपय ऋणहरू भने लघुवित्तले २०/२२ प्रतिशतसम्म ब्याज लिने गरेको बताउँदै आएका छन् ।

यसले पनि ऋणलाई समस्या परेको काभ्रे सिमपानी–१२ की रामप्यारी श्रेष्ठले बताइन् । आफूले भैँसी किन्न स्वावलम्बन लघुवित्तबाट ऋण लिएको बताउँछिन् । श्रेष्ठ यो संस्थामा बसेको अहिले १२ वर्ष भएको छ भने ऋण पाँच लाख रुपैयाँ पुगेको छ ।

सामान्यतया लेखपढ गरेका ग्रामीण भेगका महिलालाई लघुवित्तको बारेमा बुझाउन नसक्दा पनि समस्या उत्पन्न भएको देखिन्छ । संस्थाले बिमाबापत लिने पैसा नलिन पनि महिलाहरूले आवाज उठाउँदै आएका छन् । उनीहरूका अनुसार लघुवित्तबाट एक लाख ऋण लिँदा २० हजार रुपैयाँ लघुवित्तले नै राख्ने गरेको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत पोखरेल अहिलेको समस्या उत्पन्न हुनुमा कोभिड पनि प्रमुख कारण भएको बताउँछन् । कोभिडको समयमा लघुवित्तका कर्मचारीहरू गाउँमा जान नपाउने र उनीहरूले नियमित किस्ता उठाउन र बैठक राख्न नपाउँदा पनि समस्या आएको उनी बताउँछन् । अहिले आर्थिक संकटको स्थिति उत्पन्न भएकाले पनि ऋणीहरूले सहज खोज्ने क्रममा आन्दोलनको बाटो रोजेको हुन सक्ने उनको बुझाइ छ । तर, यो समस्या हल सबैले मिलेर समाधान गर्नुपर्ने उनी बताउँछन् । 

“ऋण सबैले लिएको हुन्छ । हामीले पनि व्यवसाय प्रयोजनका लागि ऋण लिएका छौँ । हामी पनि ऋण मिनाहा हुनुपर्‍यो भनेर त हिँड्नुभएन नि । अहिले लघुवित्तको विषयमा जुन किसिमको भ्रम फैलाइएको छ, त्यो राम्रो भएन । गल्ती भएका होलान्, कहाँ भए ? यी सबै नियालेर समाधानतर्फ लाग्नुपर्छ,” उनले भने, “ग्रामीण भेगमा गएर आर्थिक र सामाजिक विकासका लागि काम गरिरहेका लघुवित्तविरुद्धमा यसरी खेदो खन्नु उचित हैन । केही लघुवित्तले गलत गरेका होलान् । त्यसको पहिचान गरी नियमन निकाय नेपाल राष्ट्र बैंकले कारबाही गर्ने हो । त्यस लघुवित्तलाई जरिबाना तिराउने हो । यसमा हामी साथ दिन्छौँ ।” 

अहिले ऋण नै तिर्न नसक्नेलाई मिनाहा गरिदिनुपर्ने भन्ने आवाज पनि उठिरहेको छ । तर, ऋण तिर्न नसक्नेको पहिचान गरेर त्यसमा कुन निकायले के गर्नुपर्ने हो, त्यसमा सरकारले ध्यान दिनुपर्ने पोखरेल बताउँछन् । अहिलेको आन्दोलनले सामाजिक र आर्थिक क्षेत्रमा राम्रो काम गरिरहेका वित्तीय संस्थाहरूको आत्मबलमा ठेस लागेको उनी बताउँछन् । 

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा लघुवित्त वित्तीय बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा अहिले देखिएको समस्या समाधान नगरे यसले अर्को रूप लिनसक्ने बताउँछन् । 

“अहिलेको समस्या त्यसै आएको होइन । हामीले यसको समाधान गर्नुपर्छ,” उनले भने, “सबै जिम्मेवार हुनुपर्छ । हैन भने यसले अर्काे रूप लिन पनि सक्छ ।” 

लघुवित्त संस्थाहरू आवश्यकताभन्दा बढी भएकाले पनि सेवा जथाभाबी फैलिएर सस्तो भएको उनको बुझाइ छ । लघुवित्तको सेवा मागभन्दा सप्लाई बढी भएको उनले बताए । अहिले आन्दोलनको नाममा जथाभाबी लघुवित्तलाई प्रहार भएको पनि उनले बताए । जिम्मेवार व्यक्तिले यस्तो क्रियाकलाप गर्न नहुने उनले बताए । 

ऋण तिर्न नसक्नेको पहिचान गरेर लघुवित्तले त्यस्तालाई सहयोग गर्नुपर्ने पनि उनले बताए । 

राष्ट्र बैंकको पछिल्लो नीतिले सुधारको संकेत 

राष्ट्र बैंकले पछिल्लो समय लघुवित्तको ऋण लगानी तथा लाभांशमा कडाइ गरेको छ । लघुवित्तहरूले जथाभाबी ऋण प्रवाह गर्न थालेपछि एक निर्देशन जारी गरी कडाइ गरेको हो । त्यसैगरी लाभांश वितरणमा पनि कडाइ गरेको छ ।

लघुवित्त नाफामुखी भएको भन्दै चौतर्फी विरोध भएपछि नयाँ व्यवस्था गरिएको हो । नयाँ व्यवस्था अनुसार लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनस वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

त्यस्तै, लघुवित्त संस्थाहरूले एकै व्यक्तिलाई धेरै संस्थाले ऋण लगानी गर्न नपाइने र सात लाख रुपैयाँभन्दा बढी ऋण दिन नपाउने पनि व्यवस्था गरिएको छ । संस्थाका कर्मचारीलाई आवश्यक वित्तीय तालिम दिएर प्रत्यक वर्षको ६/६ महिनामा संस्थाको वेबसाइटमा अद्यावधिक गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यो नीतिले केही हदसम्म ऋण जथाभाबी दिने प्रवृत्तिमा कमी आउने आशा गर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro