site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बोनस र हकप्रदमय, दोस्रो बजारमा ४४ अर्ब २० करोडको सेयर थपियो

काठमाडौं । ०८१ सालमा कुल ४४ करोड १९ लाख ९९ हजार ७३३ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भयो । जसमा सबैभन्दा ठूलो हिस्सा बोनस र हकप्रद सेयरको छ । एक वर्षमा ४१ अर्ब ८४ करोड ४३ लाख रुपैयाँको हकप्रद र बोनसबापतको सेयर नेप्सेमा सूचीकृत भएको छ । यो अवधिमा दुई अर्ब ३५ करोड ६८ लाख रुपैयाँको थप सार्वजनिक निष्कासन (एफपीओ) र प्राथमिक सेयर (आईपीओ) सूचीकृत भएको छ ।  

०८१ सालमा चार कम्पनीले १० करोड ६८ लाख ८५ हजार रुपैयाँको एफपीओ जारी गरे । यसरी एफपीओ जारी गर्नेमा समता घरेलु लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त र सूर्याेदय वोमी लघुवित्त छ । यी कम्पनीले १० लाख ६८ हजार ८५६ कित्ता एफपीओ सार्वसाधारणमा जारी गरी ०८१ सालमा धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेका हुन् ।

FPO-,IPO-1744654430.jpg
आफ्नो पुँजी मिलान गर्न एफपीओ निष्कासन अनुमति माग्दै धितोपत्र बोर्डमा ०८० सालमा नै यी कम्पनी पुगेका थिए । तर, निवेदन दिएको लामो समय कुरेर धितोपत्र बोर्डबाट यी चार कम्पनीले एफपीओ निष्कासन अनुमति पाए । एफपीओ निष्कासन गर्ने चार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १० लाख ६८ हजार ८५५ कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेका हुन् ।

०८० पुसमा धितोपत्र बोर्ड अध्यक्षको कार्यकाल सकिएको र अध्यक्ष नियुक्तिमा ढिलाइ भएपछि एफपीओ तथा आईपीओ अनुमतिमा ढिलाइ भयो । बोर्डको अध्यक्ष गएको मंसिरमा नियुक्ति भएपछि सार्वजनिक निष्कासनले प्राथमिकता पाएको छ ।

०८१ सालमा चार कम्पनीले आईपीओ निष्कासन गरेका भए पनि तीन कम्पनीको मात्र नेप्सेमा सूचीकृत भयो । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर भने ०८१ सालमा नेप्सेमा सूचीकृत भएन । यो कम्पनीको सेयर बाँडफाँट चैत १२ गते भएको छ । सेयर बाँडफाँट भए पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण गर्न ढिलाइ भयो ।

०८१ सालमा गार्डियन माइको इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गरी सूचीकरण गर्न भ्याए । तर, यो वर्ष बोर्डको अध्यक्ष मंसिरमा नियुक्त भएकाले पनि सार्वजनिक निष्कासनमा कमी भयो । धितोपत्र बोर्डमा धेरै कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।

नेप्सेका अनुसार, ०८१ मा तीन अर्ब ६३ करोड रुपैयाँको म्युचुअल फन्ड र ३० करोड रुपैयाँको ऋणपत्र दोस्रो बजारमा थप भएको छ । फागुनमा ‘९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिभेञ्चर २०८८’को तीन लाख ऋण पत्र धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।

mutual-f-1744654431.jpg
०८१ सालमा एनआईबीएल स्टेबल फन्ड, मुक्तिनाथ म्युचुअल फन्ड र गरिमा समृद्धि योजना दोस्रो बजारमा सूचीकृत भएको हो ।

Right-share,-IPo,-FPo,-Bonus-1744654430.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro