site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पारिजातको कविता लेखनका आयामबारे चर्चा

काठमाडौं । पारिजात स्मृति केन्द्र र नेपाल वाङ्मय परिषद्ले धनगढीस्थित कैलाली जनपुस्तकालयमा ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।  

कार्यक्रममा समालोचक तेजविलास अधिकारीले विचारपत्र प्रस्तुत गर्दै पारिजातको कविता लेखनका विविध आयामका बारेमा चर्चा गरे । उनले पारिजातका पछिल्ला कवितामा वर्ग पक्षधरता सघनरूपमा पाइने उनले तर्क गरे । विचारपत्रमाथि डा. इन्द्रबहादुर भण्डारीले टिप्पणी गरेका थिए । 

सोअवसरमा भाषा आयोगका सदस्य मातृका पोखरेल, डा. राजेन्द्रप्रसाद अधिकारी, देविका तिमिल्सिना, श्रेष्ठ प्रिया पत्थर, डा. टिएन जोशी, डा. पुष्करराज भट्टलगायतले बोलेका थिए । 

कार्यक्रममा खेम बतास, लक्ष्मीप्रसाद पौडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फाल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक, सागर कुश्मी, कोपिला शर्मा, हर्क बोहरा, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले आफ्ना रचना सुनाएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्