साहित्य

सुरेश राई
साजाङ्निम् !
मलाई छुट्टी मिलाइदिनुहोस्
म त हुकुमैहुकुममा पो छु
म त आदेशैआदेशमा पो छु
०००
यौटा त्यस्तो भेट छ
पुग्नैपर्ने भो मैले
नत्र सजाय सुनाइएको छ
कहिल्यै नबोल्ने ।
उपहार लैजानु छ
कति थरीथरी
भनी साध्य छैन
यस्तरी उस्तरी
आउँदो महिना अन्ततिर
उसको बर्थ डे छ
जसरी’नि हाजिर हुनु
त्यस्तो फर्मान छ
हजुरभन्दा ठूलो मालिक
ऊ नै भा’की छ
जसरी’नि पुग्नुपर्ने
उर्दी जारी छ
साजाङ्निम् !
मेरी पाँचवर्षे छोरीको
त्यस्तै आदेश छ
मेरी सानी बच्चीको
हुकुम कडा छ
अतः मलाई छुट्टी मिलाइदिनुहोस्
(साजाङ्निम् : कोरियन भाषामा मालिक )
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९ ११:४९
प्रतिक्रिया दिनुहोस्