site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डमा १३ मिटर गहिरो इनारमा खसेकी बालिकाको सकुशल उद्धार
Tiktok banner adTiktok banner ad

बैंकक । उत्तरी थाइल्यान्डको एउटा गहिरो इनारमा खसेकी एक बालिकाको सकुशल उद्धार भएको छ । म्यान्मारको सीमासँग जोडिएको ताक प्रान्तमा सोमबार अपराह्न खेल्दै गरेकी १९ महिने बालिका अचानक १३ मिटर गहिरो इनारमा खसेकी थिइन् ।

घटना भएको नजिकै खेतमा काम गरिरहेका बालिकाका बुवाआमाले गुहार गरेपछि स्थानीय प्रशासनले रातभरि उद्धारको प्रयास गरेको थियो ।

सामान्य चोटपटक लागेको र थकित अवस्थामा रहेकी उनलाई अस्पतालमा लगिएको छ ।

उनका बुवाआमाले भनेका छन्, “हामी छोरीलाई लिएर खेतमा काम गर्न गएको थियौँ । हामीहरू काममा लाग्दा उनलाई एउटा रुखमुनि छाडेका थियौँ । केहीबेरपछि उनलाई छाडिएको ठाउँमा नभेटेपछि हामी निकै आँत्तियौँ । त्यही बेला हामीले इनारबाट बच्ची रोएको आवाज सुन्यौँ ।"

उद्धार टोलीले इनार नजिकै १० मिटर गहिरो खाल्डो खनेर उनलाई निकालेको थियो । बालिकालाई श्वास फेर्न सजिलो होस् भन्ने हेतुले इनार भित्र अक्सिजन पम्प गरिएको थियो ।  

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro