site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानका ५५ वर्षीय मिउरा पोर्चुगलबाट व्यावसायिक फुटबल खेल्दै
Tiktok banner adTiktok banner ad

काठमाडौं । जापानका ५५ वर्षीय स्ट्राइकर काजुयोसी मिउराले पोर्चुगलको दोस्रो डिभिजन क्लब ओलिभेइरेन्सीबाट खेल्ने भएका छन् ।

विश्वकै पाको खेलाडीको रुपमा चित्रण गरिएको मिउरा लोनमा जापानी क्लब योकोहोमाबाट ओलिभेइरेन्सी आइपुगेका हुन् ।

फेब्रुअरी २६ मा ५६ वर्षका लाग्ने मिउरा जापानी व्यावसायिक फुटबलमा गोल गर्ने सबैभन्दा बुढो खेलाडी हुन् । उनले यसअघि आफ्नो व्यावसायिक करियरमा ब्राजिल, जापान, इटाली, क्रोएसिया, इटाली र अस्ट्रेलिया गरी पाँच देशका क्लबबाट फुटबल खेलिसकेका छन् ।

मिउराले सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोसबाट आफ्नो व्यावसायिक फुटबल करियरको सुरुआत गरेका थिए । उनी सन् २०१७ मा जापानी लिगमा गोल गर्ने सबैभन्दा बुढो खेलाडी बनेका थिए । 

उनले त्यसबेला ५० वर्ष १४ दिनको उमेरमा थेस्पाकुसात्सु गुन्माविरुद्ध गोल गरेका थिए । सन् १९९० देखि २००० सम्म जापानको राष्ट्रिय टिमबाट खेलेका उनले ८९ खेल खेल्दा ५५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

उनले सन् २०१२ मा जापानको फुटसल टिमबाट पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जापानको राष्ट्रिय फुटसल टिमबाट ६ खेल खेल्दा मिउराले एक गोल गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro