site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर खरिद–बिक्रीबाट प्राप्त हुने सरकारको आम्दानी ८५ प्रतिशतले घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय सेयर कारोबारबाट सरकारलाई प्राप्त हुने रकम (धितोपत्र पुँजीगत लाभकर) घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मो सोही अवधिमा सेयर काराबोरबाट प्राप्त हुने पुँजीगत लाभकर ८४.६८ प्रतिशतले घटेको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत लाभ करबापत सरकारलाई एक अर्ब २३ करोड ५७ लाख रुपैयाँ प्राप्त भएको छ । गत वर्षको सो अवधिमा यस्तो लाभकर आठ अर्ब ६ करोड ८७ लाख रुपैयाँ प्राप्त भएको थियो ।

नेप्से परिसूचक बढ्दै जाँदा कारोबार रकम बढ्दै जान्छ । त्यसको प्रभाव सारकारले प्राप्त गर्ने आम्दानीमा पर्छ । तर, अहिले बजार घटेर दुई हजार १०० विन्दुको आसपासमा छ । मंगलबार नेप्से परिसूचक घटेर दुई हजार १११ विन्दुमा झरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बजार झिनो अंकले घट्ने र बढ्ने क्रम जारी रहेकाले बजारमा कारोबारीहरू कम सक्रिय भएको देखिन्छ । त्यसले गर्दा पनि कारोबार रकम कम हुन्छ । पुँजीगत लाभ कर बढी प्राप्त हुन सेयर कारोबार बढ्न आवश्यक छ । बजारमा सेयर कम खरिद–बिक्री भयो भने त्यसको असर सरकारको राजस्वमा पर्ने गर्छ ।  

गत वर्षको साउन–भदौमा नेप्से परिसूचकले तीन हजार २०० विन्दु पार गरेको थियो भने दैनिक २१ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो । यसले पनि गत वर्षको साउनदेखि पुस मसान्तसम्म चालु आर्थिक वर्षको भन्दा ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर उठेको थियो ।  

Global Ime bank

पुँजीगत लाभकर पनि दीर्घकालीन र अल्पकालीन गरी दुई किसिमको शीर्षकमा उठाउने गरिन्छ । एक वर्षभित्र सेयर कारोबार भएर उठेको लाभकरलाई अल्पकालीन पुँजीगत लाभकर भनिन्छ । त्यस्तै, एक वर्षभन्दा पछि धितोपत्र कारोबार भएर उठेको करलाई दीर्घकालीन पुँजीगत लाभकर भनिन्छ ।

दीर्घकालीन पुँजीगत लाभकरबापत सरकारले गत वर्षको ६ महिनामा दुई अर्ब २२ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षमा यस्तो करबापत उठ्ने रकम ७७.९३ प्रतिशतले घटेको सीडीएससीको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा सेयर कारोबारबाट सरकारलाई दीर्घकालीन पुँजीगत लाभकर ४९ करोड १५ लाख रुपैयाँ प्राप्त भएको छ ।

त्यसैगरी अल्पकालीन रूपमा प्राप्त हुने पुँजीगत लाभकर पनि गत वर्षको पुस मसान्तसम्मको तुलनामा ८७.२६ प्रतिशतले घटेको सीडीएससीले जानकारी दिएको छ । यो वर्षको पुस मसान्तसम्म सरकारलाई पुँजीगत लाभकरबापत ७४ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ । गत वर्षको सोही अवधिमा अल्पकालीन पुँजीगत लाभकरबापत पाँच अर्ब ८४ करोड १८ लाख रुपैयाँ प्राप्त भएको थियो ।

यो वर्ष सरकारले राखेको लक्ष्यअनुसार राजस्व प्राप्त नहुनुमा पनि पुँजीगत लाभकर एक प्रमुख कारण हुन सक्ने देखिन्छ । घर जग्गाको कारोबार नहुँदा पनि त्यहाँबाट प्राप्त हुने पुँजीगत लाभकर यो वर्ष घटेको छ । सरकारको मूल आम्दानीको स्रोत खुम्चिँदै जाँदा हाल चालु खर्च धान्न पनि समस्या परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC