
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले सरकारले भारतसँग सम्वाद गर्न नसक्दा नेपाल राष्ट्र बैंकमा भारतीय ५०० र हजारका नोट कुहिने अवस्थामा पुगेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा जारी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा यादवले भने, “राष्ट्र बैंकमा भारू ५०० र हजारका नोट कुहिने अवस्थामा छन् । यो सरकारको भारतसँगको इकोनोमी डिप्लोमेसीको नतिजा हो ।”
यो समस्यालाई सरकारले संवादबाट हल गर्नुपर्ने उनको भनाइ छ । भारतमा ५०० र हजारका नोटबन्दी नहुँदा नेपाली पैसा धेरै खर्च हुने गरेको उनले बताए । तर, नेपालमा भारू १०० भन्दा बढी ल्याउन नपाउँदा नेपालमा पर्यटन व्यवसायमा समस्या परेको भएको उनको तर्क छ ।