site stats
बाह्रखरी :: Baahrakhari
देश
१६ हजार लिटर डिजेल चोरेर खरिद–बिक्री गरेको आरोपमा चारजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

विराटनगर । अमलेखगन्जबाट विराटनगरतर्फ ल्याइँदै गरेको इन्धन चोरी र खरिद गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

यही माघ ११ गते अमलेखगन्ज डिपोबाट १६ हजार लिटर डिजेल लोड गरी विराटनगर ल्याइँदै गरेको को१ख ३६५५ नम्बरको ट्यांकर खाली अवस्थामा फेला परेको थियो । माघ १४ गते सप्तरीको रुपनीमा ट्यांकर फेला परेपछि अनुसन्धान गर्दा कैफियत भेटिएको नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ ।

निगमका प्रदेश प्रमुख अशोक साहले सप्तरीको विक्की टे«डर्सभन्दा करिब २०० मिटर पर बेवारिसे अवस्थामा रित्तो ट्यांकर फेला परेको थियो । साहका अनुसार उक्त डिजेल निगमको आधिकारिक विक्रेता दिलीप ट्रेडर्स र भन्डारा स्टोर्सलाई बिक्री गरेको खुल्न आएको थियो ।

दुवै पम्पका सञ्चालक शेखर गुप्ता र श्यामकुमार पक्राउ परेका हुन् । ट्यांकर चालक सप्तरीको कञ्चनरुप नगरपालिकाका नवराज भुजेल र विराटनगर महानगरपालिका–४ का अनिलकुमार चौधरी पनि पक्राउ परेका छन् ।

Global Ime bank

ढुवानीमा प्रयोग गरिएको ट्यांकर व्यवसायी गुणराज निरौलाको रहेको प्रहरीले जनाएको छ । उनी पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ प्रदेश नम्बर–१ का पूर्वअध्यक्ष हुन् । निगम प्रमुख साहले चोरीको तेल खरिद–बिक्री गर्नेहरुलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरी पठाएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu