site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

पेशावर । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलबार अझै शव निकाल्ने क्रम जारी रहेको छ । हालसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन् ।  

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ ।

मंगलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, “म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नको लागि सबै आशा गुमाएको थिए ।”  

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको बताएका छन् । १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् । 

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले भने, “मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए ।”

“आज बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौं ताकि हामी थप शव निकाल्न सकौं, तर हामी कोही पनि बाँचेकाहरु फेला पर्ने आशामा छैनौं,” प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले भने । 

प्रार्थना सुरु गरेको केही सेकेन्डपछि विस्फोट भएको बताइएको छ । “मैले कालो धुवाँ आकाशमा उठेको देखेँ, म आफ्नो ज्यान बचाउन बाहिर भागें,” ४७ वर्षीया प्रहरी अधिकारी शाहिद अलीले भने । एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro