site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीप लामिछानेलाई छुट दिँदा अराजकता निम्तिदैन ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आज पोखरामा बस्ने बोर्ड बैठकमा एजेन्डाको १० नम्बर बुँदामा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवासम्बन्धी विषय समावेश गरिएको छ । 

क्यानको कार्यसम्पादन समितिले गत भदौ २३ गते सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “जबरजस्ती करणी कसुरमा २०७९ भदौ २३ गते प्रहरी वृत गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट प्रकाउ पूर्जीसमेत जारी भएको अवस्थामा सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको छ ।”

सन्दीपलाई पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटी लिई विभिन्न सर्तहरुसहित तारेखमा राखी पुर्पक्ष गर्न दिनु भनि आदेश दिएको छ । आदेशअनुसार मुद्दाको फैसला नभएसम्मको लागि सन्दीपलाई नेपालबाहिर जानबाट रोक लगाइएको छ । 

Agni Group

तथापि उच्च अदालतले सन्दीपले अब राष्ट्रिय टोलीबाट खेल्न पाउने वा नपाउने सम्बन्धमा केही उल्लेख गरिएको छैन । सन्दीप धरौटिमा रिहा हुनेवित्तिकै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई खेलाउनका लागि आफूहरू सकारात्मक रहेको र त्यसका लागि पहल गर्ने बताएका थिए । 

त्यसपछि क्यानले सन्दीपलाई खेलाउनका लागि पहल गर्दै आएको छ । र आज क्यानको केन्द्रीय कार्यसमिति बैठकमा सन्दीपको निलम्बन फुकुवा गर्ने प्रस्ताव राखिएको छ । सन्दीपले खेल्न पाउने वा नपाउने भन्ने विषयमा दुई पक्षबाट बहस गर्न सकिन्छ । 

Global Ime bank

एक, उनलाई अभियोग मात्र लागेको हो । उनीमाथि लागेको कसुर ठहर भइसकेको छैन । त्यसैले कसुर ठहर नहुँदासम्म उनले खेल्न पाउनुपर्छ । सम्भवत क्यानको जिकीर पनि यही हो । क्यानले आईसीसीसँग यस विषयमा राय लिइसकेको छ । आईसीसीले नेपालको कानुनले खेल्न मान्यता दिए सन्दीपलाई खेलाउँदा क्यानलाई कुनै समस्या नहुने जनाएको छ । 

माघ १२ गते क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भनेका छन्, “सन्दीपलाई आईसीसीले नेपालको कानुनले मान्यता दिन्छ भने खेलाउन कुनै समस्या छैन भनेको छ ।”

क्यानले सन्दीपलाई टिममा राख्न मिल्ने वा नमिल्ने विषयबारे सरोकार निकायसँग परामर्श लिने काम भइरहेको जनाएको थियो । तर, नेपाली खेलकुदको नियमनकारी संस्था राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले भने आफूसँग कुनै सल्लाह नमागेको बताएका छन् ।

यद्यपि घिसिङले अदालतले सन्दीपलाई खेल्नबाट नरोकेको बताएका छन् । र क्यानले कानुनी राय मागेमा महान्यायाधीवक्ता कहाँ पठाउने बताएका छन् । 

सरसर्ती हेर्दा सन्दीपलाई नेपालमा खेल्न कुनै समस्या देखिदैन । तर, सन्दीपलाई धरौटिमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालत जाने भन्दै आएको छ । सम्भवत यसैसाता सर्वोच्चमा मुद्दा दायर हुनेछ । 

यस्तै, अवस्थामा सन्दीपका तर्फबाट बहस गरेका अधिवक्ता सरोजकृष्ण धितालले पुनः कप्तानको जिम्मेवारी दिनुपर्ने बताएका छन् । धितालले भनेजस्तै सन्दीप टिममा फर्किए उनको अनुभवले टिमलाई सहयोग पुग्न पनि सक्छ । 

नेपाल अहिले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्र्तगत नामिबिया र स्कटल्यान्डविरुद्ध त्रिदेशीय शृंखला खेल्दैछ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन र आईसीसी विश्वकप छनोटका लागि यस शृंखलालाई महत्वपूर्ण मानिएको छ । त्यसमाथि घरेलु मैदानमा आयोजना हुन लागेका कारण पनि यस शृंखलाको महत्व अझ बढी छ । 

त्यसकारण यतिबेला टिममा सन्दीपको खाँचो हुनपनि सक्छ । तर, राष्ट्रिय टिममा सन्दीपको पुनरागमनले राम्रो मात्र नहुन पनि सक्छ । ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिएपछि टिममा एक खालको दरार उत्पन्न भएको थियो । टिमभित्रको मनमुटाव मैदानबाहिर मात्र होइन, मैदानभित्र पनि स्पष्ट देखिएको थियो । त्यो ददार अझै बढ्न पनि सक्छ । 

अर्को पाटो, सन्दीपले गौशला २६ (किशोरीको परिवर्तित नाम)सँग नगरकोट घुमेर फर्किएर तिलगंगास्थित होटलको एकै कोठामा रात बिताएको स्विकार गरेका छन् । 

जुन रात सन्दीपले होटलमा किशोरीसँग बिताए, त्यसको भोलिपल्ट भदौ ६ गते नेपाली टिम केन्या भ्रमणमा जादै थियो । त्यतिबेला सन्दीप राष्ट्रिय क्रिकेट टिमको कप्तान थिए । राष्ट्रको नेतृत्व गरेर केन्या जान लागेका सन्दीप अघिल्लो दिन राति क्याम्पबाट निस्किएर होटलमा किशोरीसँग रात बिताएका छन् । 

यस्तो अवस्थामा क्यानले सन्दीपलाई अनुशासनको कारबाही गर्नुपर्ने हो । सन्दीपलाई मात्र होइन, त्यतिबेलाको व्यवस्थापन टिमलाई पनि अनुशासनको कारबाही गर्नु पर्ने हो । तर, क्यान सुरुबाट नै सन्दीपको पक्षमा उभिएको छ । क्यान नेतृत्वको अभिव्यक्तिले त्यही पुष्टि गरेको छ । 

सन्दीप माथि लागेको अभियोग प्रमाणित भइसकेको छैन । भोलि उनले सफाइ पनि पाउन सक्लान् । त्यो फरक बाटो हो । तर, सन्दीपले कप्तानीको जिम्मेवारीमा हुँदाहुँदै पनि रातिबाहिर निस्केर अनुशासनको उल्लङ्घन गरेका छन् । अनुशासन उल्लङ्घनको कारबाही क्यानले गर्न सक्नुपर्छ । सन्दीपलाई छुट दिने हो भने भोलिका दिनमा टिमभित्र अराजकता बढ्दै जानेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC