site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । लालझाँडी गाउँपालिका ६ मा हिजो बेलुकी मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना घाइते भएका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर हिजो बेलुकी साढे ७ बजे आपसमा ठोक्किएका थिए । दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro