देश
भूकम्प आउने गलत हल्लाले हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर

काठमाडौं । भूकम्प आउने गलत हल्ला फैलिएपछि हुम्ला, मुगु र बाजुराका केही स्थानीयहरु रातभर घरबाहिर बसेका छन् ।
केही दिन पहिले गएको भूकम्पबारे अनुमान लगाउँदै केही स्थानीयले भ्रम फैलाएपछि चिसोमा घरबाहिरै रात बिताएका हुन् । केही स्थानीय आगो बालेर बाहिरै बसेका छन् ।
नागरिकलाई चिसोमा रातभर घर बाहिर बसाउने गलत काम गर्ने व्यक्तिलाई कारबाहीका लागि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय हुम्ला र मुगुले जनाएको छ ।
त्यस्ता, मित्था हल्ला फैलाउनेलाई कारबाहीका लागि सहजीकरण गर्न प्रशासनले अनुरोध गरेको छ । गत माघ १० गते बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ०७:४९
प्रतिक्रिया दिनुहोस्