site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिग मर्जरमा गएका पाँच बैंक : सूचकका आधारमा कुन ठूलो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको संख्या घट्ने क्रम जारी छ । 

गत असार मसान्तसम्म २७ वटा वाणिज्य बैंक थिए । तर, पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकको संख्या घटेर २२ वटामा झरेको छ । 

हिमालयनले सिभिल बैंकलाई १००ः८०.२९ स्वप रेसियोमा प्राप्ति गरी माघ १८ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । यी बैंकको एकीकृत कारोबार सुरु भएपछि वाणिज्य बैंकको संख्या २० मा झर्नेछ ।

तर, यो पहिलो चरणको बिग मर्जर भएकोले दोस्रो चरणमा वाणिज्य बैंकको संख्या ६–७ वटामा झर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मेगा र इन्भेष्टमेण्ट बैंकको एकीकृत करोबारमा भनेका छन् । 

Global Ime bank

kul puji kosh1674963653.PNG

ठूला पुँजीका बैंक भए अर्थतन्त्रलाई फाइदा हुने उनको भनाइ छ । त्यसैले पनि धेरै बैंक आवश्यक नभएको उनको निष्कर्ष छ ।

उनले भने जस्तै वाणिज्य बैंकहरू एक आपसमा मर्जर तथा समाहित हुँदै जाँदा धेरै वाणिज्य बैंकको अस्तित्व मेटिँदै जानेछ । 

अहिले पनि बैंक अफ काठमाण्डू, मेगा, नेपाल बङ्गलादेश बैंक, एनसीसी र सेन्चुरी बैंक इतिहास बनेका छन् । 

मर्जरपछि बनेका पाँचवटा वाणिज्य बैैंक चुक्ता पुँजी, ऋण लगानी, कुल सम्पत्ति, ब्याज आम्दानी, कुल नाफालगायतका आधारमा अन्य २० वाणिज्य बैंकहरूको तुलनामा ठूला छन् ।

Nafa1674963653.PNG

दुई वाणिज्य बैंक मिलेर बनेका नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, प्रभु, कुमारी र नबिल बैंकको चुक्तापुँजी २० अर्बभन्दा बढी छ । 

सबैभन्दा कम चुक्तापुँजी हुनेमा प्रभु बैंक छ । यो बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि चुक्तापुँजी २३ अर्ब रुपैयाँ पुगेको छ भने सबैभन्दा बढी चुक्तापुँजी भएको वाणिज्य बैंक ग्लोबल आईएमई बैंक छ । 

यो बैंकले जनता बैंकलाई २०७६ मंसिर २० गते प्राप्ति गरी एकीकृत कारोबार सुरू गरेको थियो ।  त्यस्तै बैंक अफ काठमाण्डूलाई पनि प्राप्ति गरी यो बैंकले गत पुस १५ गतेदेखि एकीकृत करोबार सुरु गरेको थियो । 

यसरी दुई वटा वाणिज्य बैंक प्राप्ति गरेपछि ग्लोबल आईएमई बैंकको चुक्तापुँजीसँगै कुल सम्पत्ति पनि बढेको छ । 

हाल यो बैंकको कुल सम्पत्ति पाँच खर्ब ५ अर्ब रुपैयाँ रहेको छ ।

nishep tatha karja1674963653.PNG

ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो

कुल सम्पत्ति, चुक्तापुँजी, पुँजी कोष, निक्षेप तथा कर्जाको हिसाबमा ग्लोबल आईएमई बैंक पहिलो छ ।  यो बैंकको पुँजीको आकार ठूलो भएपनि नाफामा भने कमजोर देखिएको छ । 

हुन त यो बैंकले बैंक अफ काठमाण्डूलाई मर्जर गरेपछि पुँजी गत महिनाबाट मात्र एकीकृत कारोबार गरेको हो । त्यसले पनि नाफाको एकिन डाटा नआएको जस्तो देखिन्छ ।

chukta puji1674963652.PNG

कूल पुँजीको आधारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ठूलो

कूल पुँजी कोषको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ठूलो देखिन्छ ।  यो बैंकको कुल पुँजी कोष ५८ अर्ब रुपैयाँको रहेको छ । 

चुक्तापुँजीको हिसाबमा यो बैंक दोस्रो स्थानमा छ । पुस मसान्तसम्म बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ छ । 

यो बैंकले मेगा बैंकलाई प्राप्ति गरेपछि पुस मसान्तसम्म १८ करोड रुपैयाँ नाफा आर्जन गरको छ ।  बैंकले मेगा बैंकको नाफालाई वितरणयोग्य नाफामा जोडेर हिसाब निकालेको छ ।

bank kul sampati1674963652.PNG

तर, उक्त मर्जर गर्दा मेगा बैंक दुई अर्ब ५५ करोड रुपैयाँ नोक्सानीमा देखाइएको छ ।  वित्तीय विवरणमा मेगा बैंकलाई प्राप्ति नगर्दा बैंकले दुई अर्ब आठ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नाफाको आधारमा कुमारी बैंक ठूलो  

वाणिज्य बैंकको पुस मसान्तसम्मको तथ्यांक हेर्दा जगेडा कोष, व्याज आम्दानीमा नबिल बैंक पहिलो छ । 

तर, नाफाको आधारमा कुमारी बैंक पहिलो देखिएको छ । यो बैंक एनसीसी बैंकसँग मर्जरमा गएपछि तीन अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

data1674963652.png

यो बैंकले एनसीसी बैंकको नाफा वितरणयोग्य नाफामा जोडेको छ । उक्त विवरणमा एनसीसी बैंकको नाफा ८३ करोड रुपैयाँ ऋणत्मक देखिइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC