site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कार चालकको मृत्युलाई लिएर टेन्नेस्सी तनावग्रस्त 

वासिङ्टन । सरकारी अधिकारीहरूले एकजना कार चालकको मृत्युलाई लिएर केही व्यक्तिलाई पक्राउ गरिएको भिडियो सार्वजनिक गर्ने योजना बनाइरहेकाबेला अमेरिकी राष्ट्रपति जो बाइडेनले टेन्नेस्सीमा प्रदर्शनरत व्यक्तिहरूलाई शान्त रहन आह्वान गरेका छन् । २९ वर्षीय मृतक टायर निकोलससँगको मुठभेड समेटिएको बडिक्याम भिडियो सार्वजनिक गरिँदै छ ।

उनको परिवारका वकिलहरूले भिडियोले उनलाई गम्भीर रूपमा कुटपिट गरिएको देखाउने बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस घटनालाई लिएर बर्खास्तीमा परेका पाँचजना प्रहरी अधिकारीले हत्याको अभियोग सामना गर्नेछन् । गत ७ जनवरीमा ट्राफिक स्टपमा भएको मुठभेडको केही दिनपछि निकोलसको मृत्यु भएको थियो ।

अहिले निकै तनावपूर्ण रहेको बताइएको मेम्फिस सहरमा प्रहरीले गस्ती बढाइरहेका छ । टेन्नेस्सी अनुसन्धान ब्युरोका निर्देशक डेविड राउस्चले भनेका छन्, “भिडियो फुटेज समीक्षा गरेर हेर्दा मैले देखेको कुराले दिक्क लागेको छ । प्रहरी अधिकारीहका कार्य निकै डरलाग्दो छ ।"

पीडित परिवारका वकिलका अनुसार स्थानीय एउटा पार्कमा सूर्यास्तको दृश्यको तस्बिर खिचेर घर फर्कँदै गर्दा अश्वेत निकोलसलाई पाँच जना अश्वेत प्रहरी अधिकारीले जथाभाबी कार चलाएको आरोपमा रोकेका थिए । 

वकिलले भनेका छन्, “प्रहरी अधिकारीहरू नजिक आउँदै गर्दा उनी कारबाट निस्केर भाग्न खोजे । उनलाई पक्राउ गर्न खोज्दा अर्को मुठभेड भयो । बडिक्याम फुटेजमा उनी माथि पेपर स्प्रे गरिनुका साथै लात्ता र एउटा सटगनले हानिएको देखिन्छ । पछि श्वास फेर्न सकिएन भन्न थालेपछि चिन्ताजनक अवस्थामा उनलाई अस्पताल पुर्‍याइएको थियो ।"

तिस वर्ष भन्दा पहिले लस एन्जेल्स प्रहरीले पनि रोड्नी किङ नामक एकजना अश्वेत कार चालकलाई यस्तै दुर्व्यवहार गरेको थियो । 

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  २२:४२
प्रतिक्रिया दिनुहोस्