site stats
बाह्रखरी :: Baahrakhari
विदेश
घानामा डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु

आक्रा । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ)ले सञ्चारमाध्यमलाई भन्यो कि तालको छेउमा रहेको वायोकोपमा स्कूल जान लागेका २० विद्यार्थीमध्ये आठजनाको मृत्यु भएको छ । 

तीमध्ये पाँचजना केटा र पाँचदेखि १२ वर्षका तीन केटीहरु रहेका थिए ।  

घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताएका छन् । 

Global Ime bank

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu