site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सरकारले भ्रष्टाचारविरुद्ध कदम चालेपछि युक्रेनमा वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थाले 

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान थालेपछि वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार राष्ट्रपतिका एक प्रमुख सल्लाहकार, उपरक्षामन्त्री तथा उपमहाअभियोजकले राजीनामा दिएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफूले भ्रष्टाचारमाथि नियन्त्रण राख्ने आशा गरेका बेला थप वरिष्ठ सरकारी अधिकारीहरूले राजीनामा दिने संकेत दिएका छन् । किरिलो तिमोसेन्को नामक एकजना अधिकारी महँगा कारहरूको प्रयोगका कारण भ्रष्टाचार काण्डमा फसेका छन् । जेलेन्स्कीका प्रमुख सल्लाहकार मिखाइलो पादोल्याकका अनुसार जेलेन्स्कीले सबै माथि कानुन लागु हुनुपर्ने जनताको प्रमुख मागलाई सम्बोधन गरिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युक्रेनी सञ्चार माध्यमले रक्षमन्त्रीले एउटा नामै नचलेको कम्पनीलाई खाद्यान्न आपूर्तिका लागि आवश्यक भन्दा बढी रकम भुक्तानी गरेको खबर सार्वजनिक गरेपछि भ्रष्टाचारविरुद्ध कदम थालिएको हो ।

यसैगरी सोमबार घुस लिएको आरोपमा अर्को एकजना मन्त्री पक्राउमा परेका थिए । जेलेन्स्कीले यसअघि नै सम्पूर्ण वरिष्ठ सरकारी अधिकारीले सरकारी कामकाजका लागि बाहेक देश छाड्न नपाउने घोषणा गरिसकेका छन् ।

मंगलबार सबैभन्दा पहिले राजिनामा दिनेमा राष्ट्रपति कार्यालयका उपाध्यक्ष तिमोसेनको रहेका छन् । क्षेत्रीय नीति हेर्दै आएका उनले जेलेन्स्कीको चुनाव अभियानमा पनि काम गरेका थिए । 

गत वर्षको २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्न सुरु गरेयता उनले प्राय: सरकारको प्रवक्ताको भूमिका पनि निभाउँदै आएका थिए ।  

टेलिग्राम पोस्टमार्फत उनले प्रत्येक दिन र हरेक मिनेट असल कार्य गर्ने अवसर दिएकोमा जेलेन्स्कीलाई धन्यवाद दिएका छन् । सेनाका लागि आवश्यक खाद्यान्न आपूर्ति सम्बन्धी विवादास्पद सम्झौतामा संलग्न रहेको खबर बाहिरिएसँगै उपरक्षामन्त्री भ्याचेस्लाभ सोपालोभले पनि राजीनामा दिएका हुन् । यसै काण्डलाई लिएर रक्षामन्त्री ओलेक्सी रेज्निकोभ पनि सरकारी निगरानीमा रहेका छन् ।   

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २२:३१
प्रतिक्रिया दिनुहोस्