site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बक्सर सुष्मा भन्छिन्, ‘फाइनलमा बुद्धिमानीपूर्वक खेल्नेछु’
Tiktok banner adTiktok banner ad

काठमाडौं । ऐतिहासिक सफलता नजिक रहेकी नेपाली बक्सर सुष्मा तामाङले थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा बुधबार हुने फाइनल खेलमा आफू बुद्धिमानीपूर्वक खेल्ने बताएकी छन् । 

सुष्मा महिला ४८ किलो तौलसमूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग प्रतिस्पर्धा गर्दै छिन् । राष्ट्रिय खेलकुद परिषद्का (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सुष्मालाई भिडियो कलमार्फत उच्च प्रदर्शनका लागि शुभकामना दिएका थिए । 

सदस्यसचिव घिसिङसँगको कुराकानीमा सुष्माले भनिन्, ‘‘उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र अट्याकिङ दुवै खेल्ने रहिछिन् । मैले उनको खेल नियालेकी छु । म पनि अगाडि बढेर बुद्धिमानीपूर्वक खेल्ने रणनीति बनाएकी छु ।’’

सुष्माले माघ ८ गते मंगोलियाकी जर्नागुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी)को आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् । एसियालीस्तरको कुनै पनि उमेर समूहमा नेपाली खेलाडीले फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो । 

यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए ।

सदस्यसचिव घिसिङले शुभकामना दिँदै भने, ‘‘फाइनल पुगेकोमा सिंगो देश र म एकदमै खुसी र उत्साहित छु । खेलकुदको माध्यमबाट सिंगो देशलाई खुसी बनाएकोमा आभारी छु । राष्ट्रलाई स्वर्ण दिलाउनेमा मैले विश्वास गरेको छु ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro