site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यासेन्जरको ‘जी ग्रुप’, जहाँ गाँजा खाने ठाउँ र लिने पालोबारे छलफल हुन्छ
Tiktok banner adTiktok banner ad

रेसुङ्गा । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो ।

सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् ।

सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त्यही ग्रुपमा जोडेर कुराकानी गर्ने गर्दछन् । 

यो कुरा सर्वपक्षीय छलफलका क्रममा बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार लागुऔषध नियन्त्रण गर्न सर्वपक्षीय छलफल आयोजना गरेको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उद्योग सङ्घ गुल्मी, होटल व्यवसायी मञ्च, सरकारी विद्यालय, निजी विद्यालय, नागरिक समाज, पत्रकारलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको छलफलमा सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य सङ्घ गुल्मीका तर्फबाट छलफलमा आफ्नो सहभागिता जनाएका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले गाँजा खानेको म्यासेन्जर ग्रुपसमेत भएको जानकारी गराए । “लागुऔषधको समस्या गम्भीररूपमा विकराल बन्दै गएको छ,” उनले भने, “गाँजा ग्रुपको बारेमा केही जानकारी पाएपछि त्यो बुझ्दा साँच्चिकै रहेछ ।” 

भुसाललाई गाँजा खानेको म्यासेन्जर ग्रुपबारे थाहा भयो । त्यसपछि जोडिएर सबै जानकारी लिन खोजे । फेसबुकमा त्यही किसिमको नक्कली चित्र देखाएपछि सदस्य बने । त्यसबारे सबै बुझेपछि उनी त्यसबाट हटे । भुसालको यो परीक्षणले गुल्मीमा लागुऔषधको समस्या भयावह बनिरहेको सजिलै आकलन गर्न सकिन्छ । 

उपल्लो तम्घास माध्यमिक विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बालबालिकामा लागुऔषधको लत छुट्नै नसक्ने गरी परिसकेको बताइन् । बालबालिकालाई यसबाट छुटाउन परामर्शले मात्र नपुग्ने भन्दै यसलाई गम्भीररूपमा लिएर अगाडि बढ्न आग्रह गरिन् । 

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जसमा समस्या छ त्यसैलाई समाधानका लागि प्रयोग गर्नुपर्ने बताए । 

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाएमा र होटल व्यवसायी संयमित बनेमा केही हदसम्म लागुऔषधको प्रयोग घट्ने बताए । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर थापाले आफूहरूले बिक्री गर्न नमिल्ने कुराहरूमा सचेत हुने बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले विधिको शासन प्रयोग गर्दै नियमन, नियन्त्रण र सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुऔषधको प्रयोग गर्न बनाइएका माध्यमलाई नियमन गर्ने बताए । 

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागुऔषधको प्रयोगका लागि अवसर दिने र चाहना राख्ने दुवैलाई शून्यतर्फ झार्न लाग्ने जानकारी दिए । विद्यालयबाट लागुऔषध नियन्त्रणका कार्यक्रम चलाउन आग्रह गरिने पौडेलले बताए । 

“सबैले आ–आफ्नो तर्फबाट भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्दछ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “अब जिल्ला तहबाट पालिकासम्म लागुऔषध नियन्त्रण गर्न अभियान चलाउँछौँ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro