
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १५ गते ‘मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु नगर्न र विदेशबाट आउनेलाई दुईवटा मोबाइलमा भन्सार छुट दिन निर्देशन दिए । पुस १५ गतेदेखि नै लागु हुने भनिएको उक्त एमडीएमएस प्रणाली प्रधानमन्त्रीको निर्देशनपछि लागु भएन । नेपाल दूरसञ्चार प्राधिकरणले पनि सोही निर्देशनलाई पालना गरी उक्त प्रणाली तत्काल लागु नगर्ने र यसलाई अध्ययन गरेर मात्र लागु गर्ने सूचना जारी गर्याे ।
तर, दुईवटा मोबाइलको भन्सार छुट दिने भन्ने निर्देशन भने लागु भएन । प्रधानमन्त्रीले हचुवाको भरमा निर्देशनमात्र दिए यो नियम लागु नहुने देखिन्छ । ऐन नियम र कानुनभन्दा माथि कोही पनि नहुने हुँदा प्रधानमन्त्रीको निर्देशनले केही फरक पार्ने छैन ।
विभागले भन्सार ऐन २०६४ को दफा ९ को उपदफा (३) बमोजिम गरिएको व्यवस्थाअनुसार अहिले मोबाइलमा कर लिइरहेको छ । उक्त व्यवस्थामा २०७७ जेठ १५ गतेदेखि लागु भएको विभागले जनाएको छ । नेपाल राजपत्रमा यो व्यवस्थासम्बन्धी सूचना जारी गरिएको छ । सोहीअनुसार अहिले एउटा मोबाइलबाहेक अरूमा भन्सार लाग्दै आएको विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
अहिलेको व्यवस्थाअनुसार ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ एक/एक थानमात्र ल्याउने व्यवस्था छ । यो नियम लागु भएसँगै विदेशबाट नेपाल फर्किनेहरूले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार तिर्दै आएका छन् ।
तर, एमडीएमएस प्रणाली लागु नभए पनि दुईवटा मोबाइल भन्सार नतिरी ल्याउन पाउने भन्ने प्रधानमन्त्रीको लोकप्रियताका लागि भनिएको भनाइ मात्र भयो । प्रधानमन्त्री ‘प्रचण्ड’ले सस्तो लोकप्रियताका लागि बुझ्दै नबुझी ऐनमा गरिएको व्यवस्थालाई नै चुनौती दिए । जबकि, ऐनमा भएको व्यवस्था उल्ट्याउन बहुमतबाट संसद्ले पारित गर्नुपर्छ ।
एमडीएमएस प्रणाली लागु भएपछि विभागले प्रज्ञापनपत्र अनिवार्य भर्नुपर्ने नियम ल्यायो । प्रज्ञापनपत्र नभरेका मोबाइल बन्द हुने व्यवस्था भएसँगै आम जनमानसमा विरोध हुन थालेको थियो । कतिपयले यो नियम लागु हुँदा विदेशबाट फर्किनेहरूले एउटाभन्दा बढी मोबाइल ल्याउन नपाउने भन्ने हल्ला पनि चलाएका छन् । तर, पहिलेदेखि नै आफूले चलाएको एउटा मोबाइलबाहेक सबैको भन्सार तिर्नुपर्ने व्यवस्था थियो ।
प्रधानमन्त्रीको कुरालाई लिएर भन्सार विभागमा नियत बस कानुन नै पालना नगर्ने प्रवृत्ति पछिल्ला दिनहरूमा बढ्दै गएको छ । भर्खरै एक व्यक्तिले प्रधानमन्त्रीको कुरा कर्मचारीले नमानेको भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो मोबाइल भन्सारका कर्मचारीले राखेको भन्ने प्रचार गरेका थिए । कतिपयले प्रधानमन्त्रीले ऐन नियम मिचेर निर्देशन दिएर मात्र नहुँने भन्दै आएका छ । कतिपयले भने ऐन नियमको बेवास्ता गर्दै भन्सार छुट हुनुपर्ने माग गर्दै आएका छन् ।
मिनियम र कानुनअनुसार कर्मचारीले भन्सार महसुल लिन खोज्दा विदेशबाट आएकाहरूले गलत प्रचार गरेको सूचना अधिकारी खड्काले बताए । पहिलेदेखि नै विदेशबाट फर्किनेलाई एउटाबाहेकका मोबाइलमा भन्सार लिने व्यवस्था लागु भइसकेको उनले बताए ।
कर्मचारीले अवस्था हेरेर विदेशबाट ल्याएको एउटा मोबाइललाई भन्सार छुट दिने गरेको खड्काको भनाइ छ । यताबाट लिएर गएको मोबाइल पुरानो भएर फर्कियो र उताबाट एउटा मोबाइल ल्याएको छ भने त्यस्तालाई अवस्था हेरेर छुट दिने गरेको उनको भनाइ छ । यसरी छुट दिँदा पनि लाइनमा बसेको अर्काेले त्यही निहुमा नयाँ दुईवटा मोबाइलको भन्सार छुट खोज्ने गरेको खड्काले बताए ।
“अहिले हामीले काम गर्ने भनेको आर्थिक ऐनमा भएको व्यवस्थालाई हेरेर हो । हामी सरकारी कर्मचारी हो, सरकारले हामीलाई जस्तो कानुनले बाँध्छ, हामी त्यही अनुसार काम गर्ने हो । तर, प्रधानमन्त्रीज्यूले भन्नेबित्तिकै कानुनमा नभएको कुरा कर्मचारीले गर्न मिल्दैन,” उनले भने, “हामीलाई आधिकारिकरूपमा निर्देशन आउनुपर्छ । त्यो पनि कानुनको रूपमा, भनेकै भरमा नियमविपरीत काम गर्न मिल्दैन । हामीले आफ्नो लागि काम गर्ने हैन । राज्यको लागि काम गर्ने हो ।”
विदेशबाट आफूले चलाउनेभन्दा बढी मोबाइल ल्याएकाहरूबाट भन्सार महसुलबापत गत आर्थिक वर्ष २०७८/७९ मा एक करोड ६७ लाख ३७ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा व्यक्तिगतरूपमा ल्याइएका चार हजार ४७६ थान मोबाइलबाट राजस्व लिइएको हो । यी मोबाइल फोन मलेसिया, साउदी अरेबिया, अमेरिका, इटलीलगायत मुलुकबाट ल्याइएको देखिन्छ ।
व्यावसायिकरूपमा मोबाइल आयात चीन र भारतबाट हुने गर्छ । गत वर्षमात्र चार लाख ७९ हजार २९८ थान मोबाइल फोन चीन र भारतबाट आएको तथ्यांकले देखाउँछ । यी मोबाइल फोनहरूबाट ५५ करोड ९८ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको छ । चीनबाट मात्र एक लाख १९ हजार १६० थान स्मार्ट फोन आएका छन् भने भारतबार ५६ हजार २०२ थान स्मार्टफोन आएका छन् ।
अन्य क्याटागोरीका फोनहरू चीनबाट दुई लाख ८४ हजार ७९८ थान आयात भएका छन् । त्यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कूल २० लाख ३२ हजार ५२७ थान मोबाइल फोन आयात भएको छ । यी मोबाइल फोन आयातबाट कूल दुई अर्ब २७ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पाँच महिनामा कुन देशबाट कति मोबाइल आए ? | |||
Phone | Country | Quantity | Revenue |
Other telephones | China | 1088122 | 153,252.45 |
Smartphones | China | 570380 | 1,418,040.58 |
Smartphones | India | 228396 | 598,360.91 |
Other telephones | India | 129051 | 26,885.53 |
Other telephone sets . . | India | 5646 | 773.97 |
Other telephones | Viet Nam | 3000 | 1,559.44 |
Other telephone sets . . | China | 2867 | 1,181.39 |
Smartphones | United Arab Emirates | 1023 | 18,438.48 |
Smartphones | United States | 800 | 15,185.43 |
Smartphones | Japan | 788 | 9,434.25 |
Smartphones | Viet Nam | 700 | 4,420.54 |
Smartphones | Australia | 454.5 | 8,836.37 |
Smartphones | Korea, Republic of | 418 | 4,723.61 |
Smartphones | Qatar | 201 | 3,460.46 |
Smartphones | Hong Kong | 140 | 2,700.46 |
Smartphones | United Kingdom | 131 | 2,208.54 |
Smartphones | Malaysia | 65 | 717.07 |
Smartphones | Finland | 60 | 946.60 |
Smartphones | Saudi Arabia | 40 | 534.54 |
Smartphones | Kuwait | 37 | 417.57 |
Smartphones | Canada | 32 | 638.55 |
Smartphones | Singapore | 23 | 437.92 |
Smartphones | Portugal | 12 | 193.00 |
Smartphones | Denmark | 9 | 212.56 |
Smartphones | France | 9 | 164.55 |
Smartphones | Germany | 9 | 163.68 |
Smartphones | Netherlands | 9 | 147.75 |
Smartphones | Thailand | 8 | 175.94 |
Smartphones | Taiwan, Province of China | 7 | 45.12 |
Other telephone sets . . | United Arab Emirates | 7 | - |
Smartphones | Belgium | 5 | 19.03 |
Smartphones | Italy | 5 | 87.41 |
Smartphones | Malta | 5 | 90.07 |
Smartphones | New Zealand | 5 | 103.57 |
Other telephones | Bangladesh | 5 | 0.34 |
Smartphones | Maldives | 4 | 96.05 |
Smartphones | Norway | 4 | 86.71 |
Smartphones | Poland | 4 | 98.61 |
Other telephones | United States | 4 | 0.59 |
Other telephone sets . . | Germany | 4 | - |
Smartphones | Austria | 3 | 60.40 |
Smartphones | Ireland | 3 | 40.11 |
Smartphones | Puerto Rico | 3 | 55.60 |
Smartphones | Bangladesh | 2 | 58.88 |
Smartphones | Cyprus | 2 | 11.02 |
Smartphones | Israel | 2 | 7.52 |
Smartphones | Nauru | 2 | 31.14 |
Smartphones | Romania | 2 | 46.06 |
Smartphones | Spain | 2 | 57.64 |
Smartphones | Switzerland | 2 | 26.39 |
Smartphones | Ukraine | 2 | 26.90 |
Other telephone sets . . | Thailand | 2 | 27.09 |
Smartphones | Brunei Darussalam | 1 | 26.98 |
Smartphones | Bulgaria | 1 | 16.72 |
Smartphones | Ethiopia | 1 | 7.63 |
Smartphones | Jamaica | 1 | 19.03 |
Smartphones | Peru | 1 | 11.91 |
Smartphones | Swaziland | 1 | 29.47 |
Smartphones | Sweden | 1 | 24.75 |
Smartphones | Turkey | 1 | 12.02 |
Smartphones | Turks and Caicos Islands | 1 | 24.47 |
Other telephones | Australia | 1 | 10.57 |
Total |
| 2032527 | 2,275,471.92 |