site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
हरिवंश भन्छन्– यस्तो काम अब कहिल्यै नहोस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिन अगाडि हरिवंश आचार्यले एउटा गीत सार्वजनिक गरे । गीत सुरु हुनुभन्दा अगाडि भिडियोमा देखिन्छ– यस्तो काम अब कहिल्यै नहोस् । गीत भ्रष्टाचार विरोधी छ । हरिवंशले ‘यस्तो काम अब कहिल्यै नहोस्’ भनेर भ्रष्टाचारलाई संकेत गरेका हुन् ।

नेपाली समाज अहिले भ्रष्टाचारको चंगुलमा फसेको छ । त्यसको मुख्य पक्ष शासनसत्ता नै हो । शासन सत्ताको बागडोर जसले सम्हालेको छ, त्यहीँबाट भ्रष्टाचार सुरु हुने गरेको हरिवंशले गीतमार्फत भनेका छन् । 

उनको गीतको बोल नै ‘हाम्म हाम्म’ छ । जसले सक्छ उसैले खान्छ भन्ने गीतको केन्द्रीय कथा हो । राजनीतिमा कसरी अहिलेको चलनचल्तीको भाषामा ‘सेटिङ’ गरिन्छ । र, लाभको पद र सरकारी ढुकुटीको दुरुपयोग हुन्छ र भइरहेको छ गीतले उजागर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आफन्त, नाता र परिवार मिलेर सरकारी सम्पत्तिको दुरुपयोग भइरहको र त्यसको नकारात्मक असर नेपाल र नेपाली जनताले भोगिरहेको तथ्यलाई आफूले गीतमार्फत सुनाउन खोजेको हरिवंश बताउँछन् । 

“राजनीतिमा श्रीमती र परिवारका अन्य सदस्यलाई पठाउने चलन हाबी भएको छ । श्रीमती र आफन्तले उच्च ओहोदामा पुग्न चाहनेसँग पैसा डिमान्ड गर्ने र पैसा दिने व्यक्ति नै राज्यको उच्च पदहरूमा पुग्ने प्रवृत्ति मौलाएको छ,” हरिवंश बाह्रखरीसँग भन्छन्, “यो प्रवृत्ति अहिले पनि छ, पहिले पनि थियो । यसलाई निमिट्यान्न पार्न पाए हुन्थ्यो भन्ने मेरो चिन्ता हो ।” 

Global Ime bank

नेपाली राजनीतिमा यो प्रवृत्तिले जरो गाड्दै जानुमा नेतासँगै जनताको पनि उत्तिकै दोष रहेको उनको ठम्याई छ । जसलाई गाली गर्यो उसैलाई शासनसत्ताको चावी जनताले पटक–पटक सुम्पिने गरेको उनी बताउँछन् । “कमजोरी त हाम्रो पनि छ । हामी जनता जसलाई चर्को गाली गर्छौं उसैलाई निर्वाचनमा भोट दिएर जिताएर पठाउँछौँ,” हरिवंश भन्छन्, “निर्वाचनमार्फत हामीले खराब नेतालाई पराजित गरेर दण्ड दिनु पर्ने हो । तर, त्यसो गर्न सकिरहेका छैनौँ ।”

आफूले निर्वाचन अगाडि नै यो गीत सार्वजनिक गर्ने तयारी गरे पनि विभिन्न कारणले सम्भव नभएको हरिवंश बताउँछन् । गाइजात्रामै रिलिज गर्ने तयारी रहे पनि एनिमेशनलगायत अन्य कारणले सम्भव नभएको उनले जानकारी दिए । 

नेपाली राजनीति र समग्र क्षेत्रमा देखिएको विक्रिति र विसंगतिको अन्त्यको प्रयासस्वरुप आफ्नो तहबाट प्रयास गरेको पनि उनी बताउँछन् । समाजलाई सचेत बनाएर सुशासनयुक्त समाज निर्माणका लागि प्रयास आवश्यक रहेकोमा उनको जोड छ । 

राजनराज शिवाकोटीले संगीत भरेको गीतमा शब्द तथा स्वर हरिवंशको छ । गीतमा एनिमेटेड भिडियो छ । जसरी पनि पैसा कमाउनु पर्छ भन्ने विक्रित मानसिकताबाट अगाडि बढेको समाजमा थिति बसाउने कुनै पनि निकाय नरहेको बताउने गीतले भ्रष्टाचार गर्नेलाई नियन्त्रण गर्ने कोही/कुनै निकाय नरहेको व्यंग्य गर्छ । नेपालमा चुनाव कसरी जितिन्छ भन्ने विषयलाई प्रष्ट पारेको गीतले मिलेमतोमा विकासका काम कसरी अलपत्र पारिन्छ भन्ने देखाएको छ । 

एनिमेटेड भिडियोले विकृत बन्दै गएको नेपालको चुनावी प्रणाली, भ्रष्टाचारमा दल र ठेकेदारको मिलेमतो, भ्रष्ट नेताकै पछि लाग्ने जनता तथा नामभन्दा पनि पैसाको पछि लाग्ने समाजलाई देखाएको छ । सरकारको ढोका कस्ता व्यक्तिलाई खुल्छ र कसलाई बन्द हुन्छ त्यो पनि गीतले छर्लंग पारेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC