site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहुभाषिक कवि गोष्ठी सम्पन्न 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल स्रष्टा समाजले १६ औँ वार्षिकोत्सवका अवसरमा बहुभाषिक कवि गोष्ठी आयोजन गरेको छ । उक्तअवसरमा दुई दर्जन कविहरूले विभिन्न भाषामा कविता वाचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि नाट्यकर्मी तथा साहित्यकार अशेष मल्लले सम्बोधन गर्दै भाषाको ध्वनीमा तरङ्गीत कविताहरूले मिठास दिएको बताए । उनले भने, “आज सिङ्गो नेपाल यही हलभित्र पाएँ ।”

गोष्ठीमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बहुभाषिक कवि गोष्ठी धेरै कम हुनेगरेको बताउँदै स्रष्टा समाजले यस्तो गोष्ठी आयोजन गरेर राम्रो काम गरेको उल्लेख गरे । उनले थप अरू भाषामा पनि कविता वाचन गरिएको भए झनै राम्रो हुने बताए । 

संस्कृत भाषाको कविताबाट सुरु भएको कवि गोष्ठी मैथिली भाषाको कविता वाचनमा गएर टुङगिएको थियो ।

गोष्ठीमा डा. नवराज कट्टेल (संस्कृत), शिवप्रसाद जैशी (अछामी), कविराज तामाङ र डा. अजीतमान तामाङ (तामाङ), लक्की चौधरी (थारु), गणेश राई (वाम्बुले राई), शीतल गिरी (बज्जीका), गोपाल अश्क (भोजपुरी), शेर्पु शेर्पा (शेर्पा), अब्दुल सलाम (उर्दू), प्रेममान डङ्गोल र नरेन्द्रबहादुर श्रेष्ठ (नेपाल भाषा), सुमन प्रजा (चेपाङ), सीताराम प्रकाश (हिन्दी), शारदा किराँत सुनार (सुनार), राजेन्द्र गुरागाईं (बंगाली), हेमन्तराज दाहाल र राजेन्द्र खनाल (अंग्रेजी), रमेशजंग थापा (खस), प्रह्लाद पोखरेल, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ (नेपाली) र धीरेन्द्र प्रेमर्षि (मैथिली)ले कविता वाचन गरेका थिए ।

सोअवसरमा श्रीओम रोदन, पवन आलोक, राधेश्याम लेकाली, तारा सुवेदीले बोलेका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro