site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको निधन

काठमाडौं । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । आइतबार बिहान बस्नेतको निधान भएको हो । भोजपुरको दिंगलामा जन्मिएका कार्यकारी अध्यक्ष बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए, एलएलबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदाय भूमिका निभाएका थिए । 

सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए । उनले विभिन्न समस्या छानबिन तथा निरुपणका लागि आयोगहरूमा रहेरसमेत सेवा प्रदान गरेका थिए । 

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरुआत गरेका उनले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय जान्छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  ०८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro