site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीमतीलाई अँगालो हालेको देखेपछि शिक्षक विष्टको हत्या !
Sarbottam CementSarbottam Cement

डडेलधुरा । बैतडीका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा पक्राउ परेका श्रीमान्–श्रीमतीलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले हत्या आरोपित विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई बिहीबार सार्वजनिक गरेको हो ।

सुर्नया गाउँपालिका–२, ग्वानी घर भई कृष्ण मावि पाटनमा पढाउँदै आएका शिक्षक विष्टको हत्यामा बैतडीकै पुर्चौंडी नगरपालिका–३, न्वादेउका बोहरा दम्पती संलग्न रहेको प्रहरीको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो छ घटनाक्रम
विष्ट र कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला कृष्ण माविको छात्रावासमा बस्दै आएका थिए । “पुस १ गते साँझको समयमा विमला शौचालय जान्छु भनी बाहिर निस्केकी थिइन्,” जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले भने, “शौचालयबाट नफर्केपछि विमलाको श्रीमान् प्रजा उनलाई खोज्न थाले । प्रजाले आफ्नी श्रीमती विमलालाई शिक्षक विष्टले अँगालो हालेको देखेपछि उनले शिक्षक विष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

घटना लुकाउन छात्रावासको पछाडि बोहरा दम्पती मिलेर विष्टको शव फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । विष्टको शव यही पुस २ गते दिउँसो फेला परेको थियो ।

Global Ime bank

मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआईबीको टोली समेत बैतडी पुगेको थियो ।

घटनाका आरोपित बोहरा दम्पतीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । “जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ,” उनले भने, “घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान गरिरहेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !