site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षक मृत्यु प्रकरण : बैतडीमा राजमार्ग र विद्यालय बन्द गर्दै प्रदर्शन, सीआईबी टोली घटनास्थलमा
Sarbottam CementSarbottam Cement

डडेलधुरा । शनिबार बैतडीका ५५ वर्षीय शिक्षक धनबहादुर बिष्ट मृत फेला परे । अघिल्लो दिन आइतबार एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सहभागी भएका उनी शनिबार मृत फेला परेका हुन् । 

जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानी घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक बिष्ट मृत अवस्थामा फेला परेपछि अहिले बैतडी अशान्त बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्ण माविको छात्रबास पछाडि रहेको भिरालो ठाउँमा मृत फेला परेका बिष्टको मृत्युको कारण भने खुलेको छैन ।  

शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले अहिलेसम्म शव बुझेका छैनन् । पोष्टमाटमको रिपोर्ट पनि प्रहरीले सार्वजनिक गरेको छैन । मृतकका आफन्तले छाती, मुख तथा नाकमा चोट लागेको देखिएकाले मृत्यु नभई हत्या नै गरिएको दाबी गर्दै आएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

बिष्टको हत्या भएको र घटनाको छानबिनको माग गर्दै निरन्तर आन्दोलन भइरहेको छ । मंगलबार पनि विद्यार्थी र मृतकका आफन्तले जिल्लाका विभिन्न स्थानमा प्रर्दशन गरेका छन् भने दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन् । मृतकका आफन्त तथा विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन् ।

Baitadi-Teacher-case (3)1671531938.jpg

Global Ime bank

यस्तै, बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले पनि विद्यालय बन्दको घोषणा गरेका छन् । शिक्षक बिष्ट मृत फेला परेको चार दिन भइसक्दासमेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो । 

शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबिन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ । 

सीआईबी टोली पुग्यो बैतडी

बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली बैतडीको पाटन पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान थालेको हो । 

“सीआईबीको टोलीले बैतडी प्रहरीसँग मिलेर घटनाको अनुसन्धान गरिरहेको छ,” उनले भने । 

चारजना शिक्षक र सातजना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बिष्ट मृत फेला परेको अघिल्लो दिन आयोजित स्वागत भोजमा सहभागी शिक्षक र छात्रबासमा बस्दै आएका विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।

Baitadi-Teacher-case (2)1671531938.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !