site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक करोडभन्दा बढी रकम लिएर कान्तिपुर सहकारीका अध्यक्ष यादव ‘फरार’ 

सप्तरी । सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहितका पदाधिकारीहरू करोडौँ रुपैयाँ लिएर ‘सम्पर्कविहीन’ भएका छन् ।

राजविराज नगरपालिका–७ मा रहेको सो सहकारी संस्थाका अध्यक्ष बेचन यादवसहितका पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताको आरोप छ । बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीमा बस्दै आएका थिए ।

बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । एक बचतकर्ताले संस्थामा जम्मा गरेको रकम निकाल्न जाँदा कार्यालय बन्द रहने गरेको बताए । खोज्दा कोही फेला नपरेको उनको भनाइ छ ।

अध्यक्ष यादवको खोजी गर्दै उनीहरू घरसम्मै पुगेका थिए । तर, उनका परिवारले घरमा नरहेको बताएको अर्का बचतकर्ता लालकुमार मण्डलले बताए ।

गएको मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको अर्का बचतकर्ता दीपेन्द्रलाल दासले गुनासो गरे ।

शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घरबाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए । दुवै पक्षको छलफलपछि उनलाई पठाइएको प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

सचिव तातेड अध्यक्ष यादव सम्पर्कविहीन बनेको बताउँछन् । बचतकर्ताको रकम फिर्ता गरिने उनको भनाइ छ । “हामीहरू पनि अध्यक्ष बेचन यादवको खोजी गरिरहेको छु । प्रक्रिया अगाडि बढिसकेको छ, बचतकर्ताले आफ्नो रकम ढिलोचाँडो फिर्ता पाउँछन्, यसमा दुईमत छैन,” उनले भने ।

आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केही बेर धर्नामा समेत बसेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro