site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
क्वालालम्पुर र दोहाबाट अनुमति नआउँदा भैरहवाबाट हुने निगमको उडान अन्योलमा
फाइल तस्बिर।

काठमाडौं । नेपाल वायुसेवा निगमको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भनिएको अन्तर्राष्ट्रिय उडान अन्योलमा परेको छ । 

निगमले नागरिक उडड्यन प्राधिकरण (क्यान)बाट पुस ४ गतेदेखि भैरहवाबाट भारतको क्वालालम्पुर र कतारको दोहा उडान गर्ने अनुमति लिएको थियो । तर, भैरहवाबाट हुने भनिएको क्वालालम्पुर र दोहाको उडान अन्योलमा परेको हो । दुवै ठाउँबाट उडानको लागि जवाफ नआउँदा उक्त उडानहरु अन्योलमा परेको हो । 

निगमले अहिले प्राधिकरणबाट उडानको लागि अनुमति प्राप्त गरिसकेको छ । तर, क्वालालम्पुर र दोहाबाट अनुमतिको लागि प्रतिक्रिया नआउँदा उडान अन्योलमा परेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणले जारी गरेको विन्टर सिजनको उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा तीनवटाभन्दा बढी उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाएको थियो ।

प्राधिकरणले ३० अक्टोबर २०२२ देखि २५ मार्च २०२३ सम्म ६ महिनाको ‘विन्टर सिजन’को उडान तालिका तय गरेको थियो । उक्त तालिकाअनुसार निगमले भैरहवाबाट कम्तीमा पनि एउटा अन्र्तराष्ट्रिय उडान गर्नुपर्ने थियो । 

प्राधिकरणले जारी गरेको विन्टर सिजनको उडानको तालिकाअनुसार उडान नगरेपछि त्रिभुवन विमानस्थलबाट हुने एउटा उडान कटौती गरिदिएको थियो । 

प्राधिकरणले बाध्यकारी नियम बनाएपछि निगमले भैरहवाबाट उडान गर्नेगरी गृहकार्य सुरु गरेको थियो । निगमले मंसिर ४ गतेदेखि भैरहवाबाट उडान गर्नेगरी प्राधिकरणबाट अनुमतिसमेत ल्याएइसकेको छ । 

प्राधिकरणबाट अनुमति ल्याएसँगै निगमले भैरहवाबाट उडान गर्ने गृहकार्य सुरु गरेको थियो । भैरहवाबाट दोहा र क्वालालम्पुर उडानको लागि निगमले प्राधिकरणबाट अनुमति पाएको थियो । उक्त उडानको लागि निगमले गृहकार्य सुरु गरेको थियो । 

निगमले भैरहवाबाट दोहा र क्वालालम्पुर उडानको लागि दुवै गन्तव्यमा निवेदन पेस गरेको छ । तर, अहिलेसम्म कुनै पनि जवाफ नआएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । सोही कारण निगमको मंसिर ४ गतेदेखि हुने भनिएको भैरहवाबाट हुने उडान अन्योलमा परेको हो ।

“हामीले मंसिर ४ गतबाट उडान गर्नको लागि प्राधिकरणबाट अनुमति ल्याइसकेका छौँ । दोहा र क्वालालम्पुरबाट हामीले उडानको लागि निवेदन पठाएका छौं । तर, अहिलेसम्म अनुमतिको लागि जवाफ पाएका छैनौँ,” प्रवक्ता खड्काले भनिन् ।

उडानको लागि अहिले पनि प्रयास जारी रहेको प्रवक्ता खड्काले बताइन् । उनले भनिन्, “हामीले निरन्तर छलफल गरिरहेका छौँ । उडानको लागि अनुमति पाएपछि उडान गर्नेछौँ ।”

हाल भैरहवा विमानस्थलबाट नेपालको हिमालय एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले व्यावसायिक उडान गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्