site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सेमिफाइनलले फ्रान्सप्रतिको मेरो प्रेमलाई खोस्न सक्दैन : मोरक्कोका प्रशिक्षक रेग्रागुई
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोरक्कोका मुख्य प्रशिक्षक वालिद रेग्रागुईले कतारमा जारी फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्ससँग खेल्नुले फ्रान्सप्रतिको आफ्नो मायामा कुनै प्रभाव नपार्ने बताएका छन् ।

कतारको अल बायत रंगशालामा आज मोरक्कोले साविक विजेता फ्रान्सविरुद्ध नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि खेल्दैछ ।

क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएपछि रेग्रागुईले भने, “मलाई लाग्छ म एक फुटबल गेमका कारण पहिलो पटक रोएको थिए । खेलपछिको भावना निकै बलियो थियो । जसलाई मैले रोक्न सकिन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

आज पुनः मोरक्कोले अल बायत रंगशालामा एक भावनात्मक खेल खेल्दैछ । रेग्रागुईकै अनुसार फ्रान्स उनको ‘दोस्रो देश’ हो । उनको जन्म फ्रान्समा नै भएको थियो । उनको जन्म कोर्बिल–इसोनेसमा भएको थियो । जुन पेरिसको दक्षिण उपनगर सहर हो । उनको फुटबल करियर पनि फ्रान्सबाट नै सुरु भएको थियो । रेसिङ पेरिसबाट करियर सुरु गरेका रेग्रागुईले करियरको अधिकांश समय फ्रान्समै बिताए । उनले फ्रान्सको ग्रेनाबल क्लबमा रहँदा युवा ओलिभर जिरुडसँग पनि खेलेका थिए ।

फिफाले हालै सर्वाजनिक गरेको अन्तर्वार्तामा ४७ वर्षीय रेग्रागुईले फ्रान्ससँगको आफ्नो सम्बन्ध बताएका छन् । 

Global Ime bank

morocco 21671019083.jpg

साविक विजेताविरुद्ध खेल्दै हुनुहुन्छ । कस्तो महसुस भइरहेको छ ?

हाम्रो लागि यो निकै ठूलो चुनौती हो । यहाँसम्म हामी साविक उपविजेता (क्रोएसिया) र तेस्रो स्थानमा रहेको (बेल्जियम) बीचबाट आइपुगेका हौं । अब विश्वकै उत्कृष्ट टिमविरुद्ध खेल्न जाँदैछौं । सायद यो हाम्रो लागि सबैभन्दा ठूलो चुनौती हो । हामी उनीहरुलाई सम्मान गर्छौं र प्रतियोगिताको सुरुआतदेखि अहिलेसम्म जस्तै खेलमा आफ्नो सतप्रतिसत दिनेछौं । 

तपाई आफैँ फ्रान्समा हुर्किएको भएर, यो खेल तपाईका लागि कत्तिको विशेष बनेको छ ?

यो मलाई माया गर्ने परिवार आफन्तका लागि निकै विशेष छ । म आफैपनि फ्रेन्च र फ्रान्समै हुर्किएका कारण यो कुनै रुपमा मेरा लागि पनि विशेष बनेको छ । तर, अहिले म मेरो देशको प्रशिक्षक बनेको छु । यसले नै मलाई दोस्रो देशको विरुद्धमा बनाउँछ । यसैकारण फ्रान्सलाई नकआउट गर्नु हाम्रो लक्ष्य हो । यो फुटबल हो र यहाँ यस्तै हुन्छ । तर, यसले फ्रान्सप्रतिको मेरो मायामा भने कुनै प्रभाव पार्दैन ।

तपाईँले २००४ मा एक मोरक्कोबाट एफकोनको फाइनलमा पुग्दै एक खेलाडीको रुपमा इतिहास बनाउँनु भएको थियो । अहिले विश्वकपको फाइनलबाट एक कदम पछाडि हुनुहुन्छ । कस्तो महसुस हुँदैछ ? 

यो अनुभव असाधारण छ, किनकी हामी बच्चैदेखि फुटबल खेल्दै आएका छौं र यो खेललाई माया गर्छौं । आफ्नो देशको फुटबल इतिहासमा नयाँ पाठ लेख्नु सबैको चाहना हुन्छ । पक्कैपनि मोरक्कोले पछिल्लो पटक एफकोनको फाइनल खेल्दा खेलाडीको रुपमा थिए । त्यो कुराको अहिले २० वर्ष पुगिसकेको छ । र, मेरो देशलाई विश्वकपको सेमिफाइनलमा पुर्याउनु । हाम्रा समर्थकहरुसँगै यी दुई कुराको अनुभव गर्न पाउँनु निकै अवर्णनीय छ ।

तपाईँ ग्रेनोबलका आफ्नो पुरानो सहकर्मी ओलिभर जिरुडको बारेमा बताउन सक्नुहुन्छ ?


जिरुड लचिलो खेलाडी हुन् । सुरुदेखि नै जिरुडका लागि यो कठिन थियो, ग्रेनोबलमा पनि । तर, उनी कहिल्यै हार मान्दैनन् । म उनलाई परबाट पछ्यारहेको हुन्छु । सायद जिरुडलाई बधाई दिनका लागि एक पटक फोन गरे होला । उनले अहिलेसम्म हासिल गरेका उपलब्धि उत्कृष्ट छन् र यसका लागि उनी योग्य पनि थिए । सानो समयका लागि भएपनि म उनको सहकर्मी थिए । उनी उत्कृष्ट खेलाडी हुन् । म उनले हासिल गरेका उपलब्धिहरुका लागि निकै खुसी छु ।

morocco1671019083.jpg

तपाईसँग खेलाडीका परिवारपनि सँगै हुनु कत्तिको महत्वपूर्ण छ, बताउन सक्नुहुन्छ ? 

मलाई लाग्छ यसले खेलाडीहरुलाई बलियो बनाएको छ । उत्तर अफ्रिकी भएका कारण हामी परिवारसँग निकै नजिक हुन्छौं । विशेषगरी आमासँग । आमासँग पर रहनु हाम्रालागि सँधै कठिन हुने गर्दछ । उनीहरुसँगको मायालु सम्बन्ध निकै बलियो हुन्छ र मलाई लाग्छ विश्वकपजस्तो चार वर्षमा एक पटक हुने प्रतियोगितामा आफ्नो बालबच्चासँगै यसको अनुभव गर्न पाउँनु निकै महत्वपूर्ण छ । 

उनीहरुसँधै हामीसँगै होटलमा हुँदैनन् । तर, हामीलाई उनीहरु धेरै टाढा छैनन् भन्ने पनि थाहा छ । हामी नजिक र सम्पर्कमा रहन्छौं र उनीहरुलाई खेलको दिन देख्छौं । हामीले जित निकालेको दिन तीन वा चार घण्टा उनीहरुले आमासँग समय बिताउँन पाउँने कुरामा हामी सहमत भएका छौं । जसका कारण उनीहरुले जितको खुसी आमासँग मनाउँन पाउँन । मलाई लाग्छ यसले खेलाडीहरुलाई थप उर्जा दिन्छ ।

खुसियाली कै कुरा गर्दा, खेलपछि तपाईलाई खेलाडीले हावामा उडाउँदा कस्तो महसुस हुन्छ ?

हामी खुसी हुन्छौं । हामी कुराहरु शेयर गर्छौं र एकसाथ सुखी हुन्छौं । उनीहरुले मलाई हावा उडाउँनु मेरो लागि महत्वपूर्ण कुरा होइन । उनीहरुलाई खुसी देख्न पाउँनु, उनीहरुले आफ्नो परिवारसँग खुसी बाड्नु र हामीले एकसाथ खुसी मनाउँनु नै मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । यसले टिमको ‘स्पिरिट’ देखाउँछ ।

अन्तिममा, मोरक्को समर्थकका लागि के सन्देश छ ?

हामीलाई थाहाँ छ दोहामा आउने र मोरक्कोमै हाम्रो खेल हेर्नेहरु फ्रान्सविरुद्ध हामीलाई समर्थन गर्नेछन् । सदाझै हामी आफ्नो उत्कृष्ट दिनेछौं । राम्रो नजिता प्राप्त गर्नेछौं भन्ने कुरामा हाम्रो विश्वास छ र हाम्रा समर्थकहरुको पनि यही विश्वास छ । प्रतियोगिता सुरुदेखि उनीहरुले टिमप्रति देखाएको समर्थनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो अझै समाप्न भइसकेको छैन । इश्वरको इच्छाः फ्रान्ससँगको खेल बाँकी नै छ । 

(रेग्रागुईसँग फिफाले लिएको अन्तर्वार्ताको भावानुवाद)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement