site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटकको आगमन बढ्यो, नेपाल साहसिक पर्यटनको गन्तव्य बन्दै 
SkywellSkywell

काठमाडौं । कोरोना कहरका कारण करिब तीन वर्ष थला परेको नेपालको पर्यटन क्षेत्र २०२२ मा सुधार उन्मुख देखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण सन् २०२० र २०२१ मा ठप्प बनेको पर्यटन उद्योग २०२२ बाट केही चलायमान हुन थालेको थियो । 

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार ०२२ मा नेपालमा पर्यटन क्षेत्रमा सुधार आएको छ । २०२२ को नोभेम्बरसम्म पाँच लाखभन्दा बढी बाह्य पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकमा जनवरीदेखि नोभेम्बरसम्म ५ लाख २६ हजार २१६ पर्यटक विभिन्न देशबाट नेपालमा आएका छन् । सबैभन्दा धेरै पर्यटक अक्टुबरमा ८८ हजार ५८२ आएका छन् । 

जनवरीमा १६ हजार ९७५ पर्यटक नेपाल आएकोमा फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ पर्यटक आएको तथ्यांक छ । मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ६६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ४१ हजार ३१४ र नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक
नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । 

KFC Island Ad
NIC Asia

डिसेम्बर महिनामा भने कतारमा जारी वर्ल्डकपका कारण अपेक्षा अनुसारको पर्यटन आउन नसकेको नेपाल पयर्टन बोडका निर्देशक मणिराम लामिछाने बताउँछन् । 

“यस वर्षको पछिल्लो तीन महिनामा पर्यटक आगमन राम्रो थियो । तर, डिसेम्बर पर्यटकका लागि उचित समय भए पनि कतारमा जारी वर्ल्डकपका कारण पर्यटक कम आएका छन्, ” निर्देशक लामिछानेले भने । 

Royal Enfield Island Ad

वर्ल्डकपका कारण कतारले नेपालमा उडान कटौती गरेको छ । दैनिक चार उडान गर्दै आएको कतारले अहिले दुईवटा उडान कटौती गरेको छ ।

सबैभन्दा धेरै पर्यटक भारतबाट  
नेपालमा आउने बाह्य पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेका छन् । भौगोलिक दूरी, रहनसहन र अन्य सहजताका कारण भारतीय पर्यटक नेपालमा धेरै आउने गरेको निर्देशक लामिछाने बताउँछन् । 

कोभिडको सययमा कुल पर्यटकमध्ये ५३ प्रतिशतसम्म भारतीय पर्यटक रहेको लामिछानेले जानकारी दिए । सामान्य समयमा भारतीय पर्यटकको बजार १५ देखि २० प्रतिशत हो । 

“अहिले पनि ३० प्रतिशत पर्यटक भारतबाट नेपाल आइरहेका छन् । ७० प्रतिशत तेस्रो मुलुकबाट नेपाल आउने गरका छ,” लामिछानेले भने । उनका अनुसार पछिल्लो समय तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या बृद्धि भएको छ ।  

साहसिक पर्यटनका लागि नेपाल परिचित छ । जसको कारण नेपालमा धरैजसो पर्यटक ट्रेकिङका लागि आउने गरेको निर्देशक लामिछाने बताउँछन् । ट्रेकिङमा रुचि राख्ने पर्यटकका लागि पहिलो रोजाई अन्नपूर्ण बेस क्याम्प रहेको छ । ट्रेकिङका हिसावले अन्नपूर्ण बेस क्याम्प तुलनात्मक रूपमा सहज मानिन्छ । 

मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको रोजाइमा नगरकोट, चितवन, पोखरालगायत ठाउँ पर्छन् । धार्मिक पर्यटकहरूका लागि मुक्तिनाथ, जनकपुर र पोखरा पहिलो रोजाइमा पर्ने गरेका छन् । 

सरकारको तयारी के छ ? 
सरकारले पर्यटन पुनःउत्थानका लागि ‘७३ बुँदे कार्ययोजना’ बनाएर काम गरिरहेको निर्देशक लामिछानेले जानकारी दिए । यही कार्ययोजना अनुसार केही दिन अगाडि मात्रै बोर्डले काठमाडौं उपत्यकामा ‘अपअन हपअप’ बसको ट्रायल सुरु गरेको छ । यसमा उपत्यकाको सांस्कृतिक सम्पदा घुम्न आउने पर्यटकको सहजताका लागि सरकारले साझा बस संचालन गर्नेछ । जसमा आन्तरिक तथा बाह्य पर्यटकले टिकट काट्न पर्ने हुन्छ । उक्त टिकट दिनभरका लागि लागु हुनेछ । टिकट लिएपछि दिनभर आफूले घुम्न चाहेको सम्पदा क्षेत्रमा ओर्लिन र चढ्न सकिनेछ । 

यस्तै सरकारले पर्यटन पुनःउत्थानका लागि भम्रण दशकको लागि तयारी गरिरहेको छ । पर्यटन वर्ष २०२०  कोभिडका कारण स्थगित भएपछि सरकारले भम्रण दशकको तयारी सुरु गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro