site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सानिमा क्यापिटलले लगायो आईपीओ आवेदकको अधिकारमा अङ्कुश
Ghorahi CementGhorahi Cement

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदकको अधिकारमा अङ्कुश लगाएको छ । सानिमा क्यापिटल बिक्री प्रबन्धक भएको कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको आईपीओमा आवेदकले सहज रूपमा आवेदन दिन पाएका छैनन् ।

प्रभु क्यापिटल तथा नबिल इन्भेस्टमेन्ट बैंकिङलगायतले अनलाइनबाट नै स्थानीयलाई आईपीओ भर्न सक्ने व्यवस्था गर्दा सानिमाले भने स्थानीय तहमा भएका सीमित बैंकमा नै गएर आईपीओ भर्न पर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

पहिले–पहिले भने यो क्यापिटल बिक्री प्रबन्धक भएका कम्पनीको आईपीओमा पनि स्थानीयले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने व्यवस्था थियो ।

Agni Group

तर, पछिल्ला दिनमा यो क्यापिटलले आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट स्थानीयले आईपीओमा आवेदन दिन पाउने व्यवस्था हटाएको छ ।

बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई दिएको विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीयलाई आईपीओ निष्कासन गर्दा आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर, त्यसपछि यही क्यापिटल बिक्री प्रबन्धक भएर आईपीओ निष्कासन गरेका कम्पनीको आईपीओमा स्थानीयले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाएका छैनन् ।

Global Ime bank

यसरी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट स्थानीयले आईपीओमा आवेदन दिन नपाएका कम्पनीहरू हुन्, पिपुल्स हाइड्रोपावर कम्पनी, सुपर मादी हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर लिमिटेड । सुपर मादी र सुपरमाई हाइड्रोपावरले हाल आईपीओ निष्कासन गरिरहेको छन् ।

यी कम्पनीको आईपीओमा आवेदन दिने इच्छुक स्थानीय आवेदकले बिक्री प्रबन्धकले तोकेको स्थानीय तहमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले स्थानीयको अधिकारलाई बन्चित गरेको छ ।

गाउँमा सबैलाई आईपीओबारे थाहा हुँदैन । उनीहरूको नामबाट सहर बजारमा भएका आफन्तले भर्ने गरेका थिए । सानिमाको यो व्यवस्थाले उनीहरूको अधिकारलाई नै बन्चित गरिदिएको छ ।

पछिल्लो समय स्थानीयलाई निष्कासन गरेको आईपीओमा पनि अनलाइनबाट नै आवेदन दिने व्यवस्था गरिएको छ । प्रभु क्यापिटले तथा अन्य केही क्यापिटलहरूले भने अनलाइनबाट नै स्थानीयले आईपीओमा आवेदन दिन मिल्ने व्यवस्था गरेका छन् ।

प्रभु क्यापिटल बिक्री प्रबन्धक भएको माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा स्थानीयले अनलाइनबाट नै आवेद दिन सक्छन् । त्यस्तै नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक भएको कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा पनि स्थानीयले अनलाइनबाट नै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसरी स्थानीयलाई सीमित शाखाबाट आवेदन दिन मिल्ने स्वीकृति नेपाल धितोत्र बोर्डले नै दिएको बताइएको छ । धितोपत्र बोर्डलाई बुझाइएको विवरण–पत्रमा यी कुरा खुलाएर पठाइएकोले सोही अनुसार नै शाखा कार्यालय तोकिएको सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले बताए ।

यसअघि आस्बा सदस्यहरूले बुझाएको आवेदन भद्रगोल भएकाले बोर्डलाई त्यही अनुसार आफूहरूले प्रबन्ध पत्रमा उल्लेख गरिएको उनले बताए ।

“आस्बा सदस्यले बुझाएको फारम भद्रगोल हुने गरेको पाइएको छ । यसतर्फ कसैको ध्यान गएको छैन । पाउनुपर्ने स्थानीयले आईपीओ पाएको स्थिति छैन । यसको प्रमाणित कसले गर्छ ?,” उनले भने, “हामीसामु यो गुनासो आएको छ । धितोपत्र बोर्डले निर्णय गरो भने हामी सुधार गर्न तयार छौँ । जिम्मेवार सबै हुनुपर्‍यो ।”

त्यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा पनि आयोजना प्रभावित स्थानीयले सहज रूपमा आईपीओ भर्न नपाएको गुनासो आएको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पनि सर्वासाधारणलाई सहज हुने गरी सेवा दिनुपर्ने बताए । अफूले बिहान यो गुनासो सुन्न बित्तिकै सम्बन्धित शाखालाई निर्देशन दिएको पनि बताए ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलाई पनि यस विषयमा समन्वय गर्न अग्रह गरेको हमालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC