site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिजिटल रिचार्जलाई ओझेलमा पार्ने टेलिकमको योजना ! स्वार्थ गासिएको आशंका 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले कागजी नोट प्रतिस्थापन गर्ने भन्दै डिजिटल कारोबार गर्न आम नागरिकलाई अनुरोध गर्दै आएको छ । 

अहिले पैसाको कारोबार गर्दा धेरै व्यक्तिले डिजिटल माध्यमको प्रयोग गर्ने गरेका छन् । 

सरकारले पनि डिजिटल नेपालको परिकल्पना गरेको छ । तर, नेपाल टेलिकमले डिजिटल नेपालको परिकल्पनालाई नै ओझेलमा पार्ने योजना ल्याएको छ ।

Agni Group

सोमबार विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले २००, ५०० र एक हजार रुपैयाँका कार्डमार्फत् रिचार्ज गर्नेलाई डाटा प्याक निःशुल्क दिने जनाएको छ । यो योजना आजदेखि आउँदो पुस १९ गतेसम्म जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

यो योजनाअन्तर्गत २०० रुपैयाँ रिचार्ज गर्दा एक जीबी डाटा एक दिनका लागि, ५०० रिचार्ज गर्दा चार जीबी डाटा चार दिनका लागि र एक हजार रिचार्ज गर्दा १० जीबी डाटा १० दिनका लागि बोनस आउनेछ ।

Global Ime bank

पछिल्लो समय डिजिटल रिचार्ज गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । डिजिटल प्रविधिमा प्रेरित गर्ने गरी ‘स्किम ल्याउनुपर्नेमा टेलिकमको यो योजना उल्टोजस्तो देखिएको सेवाग्राही बताउँछन् ।

मोबाइलमा रिचार्ज गर्दा अधिकांशले अहिले टपअपको प्रयोग गर्छन् । तर, टेलिकमले अब २००, ५०० र एक हजार रुपैयाँबराबरका कार्ड प्रयोग गर्न नै प्रोत्साहन गरेको छ ।

रिचार्ज कार्डहरू खपत हुन छोडेकाले प्रयोग बढाउन यो योजना ल्याइएको जस्तो देखिन्छ । तर, अनलाइन प्रविधिलाई नै प्रोत्साहन गर्नुपर्नेमा कतिपयको जोड छ ।

बैंकमा खाता हुनेहरूले सोही बैंकको मोबाइल बैंकिङमार्फत टपअपबाट नै रिचार्ज गर्दै आएका छन् । डिजिटल युगमा कागजी कार्डलाई नै टेलिकमले प्रोत्साहन गरेकामा प्रयोगकर्ताहरू खुसी देखिएका छैनन् ।

नेपाल टेलिकमको सेवा दिँदै आएकी गीता कार्की अहिलेको योजना उचित नभएको बताउँछिन् । उनले रिचार्ज गर्दा आफ्नो मोबाइल बैंकिङ नै प्रयोग गर्दै आएकी छन् ।

“अहिलेको जमना डिजिटलको हो । हामी चिया खाएको पैसा त इसेवा र मोबाइल बैंकिङमार्फत तिर्छाैँ । रिचार्ज गर्ने तरिका पनि बदलिएको छ । गाउँगाउँमा पनि रिचार्ज गर्ने शैली फेरिएको छ,” उनले भनिन्, “टेलिकमले प्रोत्साहन गर्ने हो भने डिजिटल रिचार्जलाई गर्ने हो । तर, डिजिटललाई नै ओझेलमा पार्ने यस्ता योजना ल्याउनु उचित हैनजस्तो लाग्छ ।”

कम्पनीले आफ्नो व्यापार बढाउन यस्ता योजना ल्याउने गरेको टेलिकमका प्रबन्धक एवं प्रवक्ता शोभन अधिकारी बताउँछन् । व्यावसायिक कम्पनी भएकाले व्यवसाय वृद्धिका लागि यस्ता योजनाहरू समयसमयमा ल्याउने गरेको उनको भनाइ छ । कार्डलाई प्रोत्साहन गर्ने आफूहरूको कुनै अर्को उद्देश्य नभएको उनको जिकिर छ ।

“२००, ५०० र एक हजारको रिचार्ज गर्ने ग्राहक बढाउन यो योजना ल्याइएको हो । अरू त्यस्तै केही हैन । कार्डलाई प्रोत्साहन गरेर डिजिटललाई हामीले बिर्सिएका छैनौँ,” अधिकारीले भने, “२००, ५०० र एक हजारका रिचार्ज खपत बढ्न छोडेको छ, यस्ता योजना ल्याउँदा खपत बढ्छ कि भन्ने सोचले पनि यो योजना ल्याइएको हुनसक्छ । डिजिटललाई ओझेलमा पार्नलाई ल्याइएको हैन ।”

डिजिटल युगमा शंकास्पद तरिकाले यस्तो योजना ल्याउनु उचित नभएको विज्ञ आनन्दराज खनाल बताउँछन् । डिजिटल प्रयोगकर्ता बढाउनुपर्नेमा उनले जोड दिए । कार्ड छाप्न बढी लागत लाग्ने भएकाले त्यसलाई अब विस्थापन गर्नेतिर ध्यान दिनुपर्ने उनी बताउँछन् ।

स्वार्थ बाझिने गरी यस्ता योजना ल्याउँदा सोच–विचार गर्नुपर्ने उनले औँल्याए । “अबको युगमा हामीले कार्ड हैन, डिजिटललाई प्रोत्साहन दिनुपर्छ । कार्ड उत्पादन गर्न लाग्ने लागत घटाउनुपर्छ । विकल्प नहुँदा कार्ड ठिक थियो । अब हामीले नवीन ढंगले सोच्नुपर्छ,” उनले भने ।

टेलिकमकाअनुसार कुल सेवाग्राहीमध्ये ५० प्रतिशले हाल डिजिटल माध्यमबाट रिचार्ज गर्छन् । ५० प्रतिशतले कार्डको माध्यमबाट रिचार्ज गर्ने गरेका छन् । गएको भदौसम्म टेलिकमका दुई करोड १४ लाख ६० हजार ग्राहक छन् ।

मोबाइल मात्र प्रयोगकर्ता दुई करोड तीन लाख २० हजार रहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC