
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट नेपाली कांग्रेसका उमेदवार भोजराज अर्याल निर्वाचित भएका छन् । शनिबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले १५ हजार १६१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार मोहनप्रसाद रेग्मीले १२ हजार ४३१ मत ल्याए ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार सागर गैह्रेले एक हजार ४५७ मत पाए ।
स्याङ्जा–२ ‘ख’बाट भट्टराई निर्वाचित
स्याङ्जा क्षेत्र नम्बर–२ ‘ख’बाट कांग्रेसकै उमेदवार महेश भट्टराई विजयी भएका छन् । शनिबार राति सार्वजनिक अन्तिम मतपरिणामानुसार उनी १८ हजार ७८८ मत पाउँदै गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार कमलप्रसाद डुम्रेले ८८४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा–२ बाट कांग्रेस उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।