site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यादी प्रहरी थिइन् घाँटी रेटेर हत्या गरिएकी माया, सशस्त्र जवान संलग्न !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

डडेलधुरा । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ ।

“बुधबार घाँटी रेटेर हत्या गरेको अवस्थामा माया मृत फेला परेकी थिइन्,” सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी मोहनराज आचार्यले भने, “हत्यामा संलग्नको पहिचान भइसकेको छ । अहिले उनी फरार छन् । छिट्टै प्रहरीको नियन्त्रणमा हुन्छन् ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

डीआइजी आचार्यका अनुसार हत्या आरोपित सशस्त्र प्रहरीका जवान हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको हो । उनलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइएको छ । भारत भाग्न सक्ने आशंकामा महाकाली नदीको तटीय क्षेत्रमा पनि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

प्रहरीका अनुसार मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

Royal Enfield Island Ad

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानमाथि आशंका बढेको हो ।

माया र नेहा गएको मंगलबार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ पुगेको खुल्न आएको प्रहरी अधिकारी बताउँछन् ।

लुगा सिलाउन भनेर हिँडेकी उनी घर नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा बुधबार बेलुका माया मृत अवस्थामा फेला परेकी थिइन् । नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । 

माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । माया र आरोपित सशस्त्र जवानबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको आशंका छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro