site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रिमियम ह्याचब्याक इग्निसमा उच्चतम सुरक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भदौ दोस्रो साता सम्पन्न ‘नाडा अटो शो २०१७’ को अवसरमा सुजुकीले इग्निस र डिजयार गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्यो । सीजी ग्रुपअन्तर्गतको सीजी मोटो कर्पले नेपाली बजारमा मारुती सुजुकीका सवारी साधनहरु बिक्री गर्दै आइरहेको छ । ग्राहकको इच्छा, चाहना र सन्तुष्टिलाई मध्यनजर गरेर विभिन्न मोडलका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन बजारमा भित्र्याएर बिक्री गर्ने अग्रिम अटोमोबाइल कम्पनीको रुपमा सीजी मोटो कर्पलाई लिन सकिन्छ ।

समयसापेक्ष नयाँ प्रविधिमा आधारित ग्राहकको पर्खाइमा रहेका सवारी बजारमा भित्र्याइरहेको कम्पनीले बताएको छ । त्यसमध्ये भर्खरै सार्वजनिक गरिएको इग्निस कार पनि पर्ने कम्पनीको भनाइ छ । पेट्रोल भर्सनमा उक्त कार २०१७ को नयाँ एडिसन रहेको कम्पनीले जनाएको छ । 

इग्निस न्यू एंगलमा 
अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स सुजुकी प्लाजा झम्सिखेलकी टिम लिडर श्रीषा पल इग्निस कारको प्रिमियम ह््याचब्याकबाट नै सेफ्टीलाई प्राथमिकता दिएको बताउँछिन् । उनका अनुसार कारको बेस मोडलबाटै सेफ्टी फिचर्सहरु समावेश गरिएको छ । कम्पनीले ‘अ न्यू एंगल अन लाइफ अल्ट्रा कम्याक्ट एसयूभी इग्निस’ बजारमा ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले ‘र्याडिकल न्यू अटोमोटिभ कन्सेप्ट’मा कार ल्याइएको बताएको छ । सहरलाई प्राथमिकतामा राखेर विभिन्न अनुसन्धानपछि कारको निर्माण गरिएको हो । कम्पनीका अनुसार ‘ककपिट स्टाइल्ड एक्स्पेरियन्स, इन्स्पायरिङ टेक्नोलोजीलगायत नयाँ एंगलबाट कारलाई प्रस्तुत गरिएको छ । 

 

Global Ime bank

\"\"किन रोजाइमा इग्निस नै ?
टीम लिडर पलका अनुसार इग्निसको बेस मोडलबाट नै सेफ्टी फिचर्सहरु समावेश गरिएको छ । फ्रन्टमा डुअल एयरब्याग राखिएको छ । फ्युल इफिसेन्सीलाई हेर्ने हो भने बजारमा आएका जुनसुकै गाडीभन्दा यसको माइलेज तुलनात्मक रुपमा राम्रो रहेको कम्पनी बताउँछ । कम्पनीले भनेको माइलेज २०.८९ किलोमिटर भए पनि काठमाडौंको जाम र सडकलाई ध्यानमा राख्ने हो भने औसतमा १४–१५ किमि माइलेज दिन्छ । 

गाडीको मेन्टेन खर्च रिजनेबल छ । पार्टस्हरु सजिलै उपलब्ध हुन्छन् । कम्पनीले विगतमा जापानबाट भित्र्याउने कारलाई तुलना गर्दा अहिले भारतदेखि ल्याउँदा सस्तो पर्ने गरेको छ । सेवा शुल्यक पनि सस्तो छ ।

सामान्य समयमा ३ घन्टाभित्रै गाडी मर्मत गरिने कम्पनीको दाबी छ । कम्पनीले उपत्यकामा ७ वटा र उपत्यकाबाहिर १९ वटा सर्भिस सेन्टर खोलेको छ । उपत्यकाभित्र पुल्चोक, धोविघाट, सोह्रखुट्टे, महाराजगञ्ज, मित्रपार्क, जडिबुटी र अनामनगरमा सर्भिस सेन्टर रहेको छ भने उपत्यका बाहिर देशको मुख्य–मुख्य सहर पोखरा, विराटनगर, सुनसरी, बिर्तामोड, चितवन, बुटवल, भैरहवालगायत सहरमा सेन्टरको स्थापना गरिएको छ । 

पार्किङ सहजताको रुपमा ह्याचब्याक कारलाई लिन सकिन्छ । इग्निसको ग्राउन्ड क्लियरेन्स १८० ‘एमएम’ रहेको छ । यो काठमाडौं उपत्यकामा भएको सडकको लागि उपयुक्त हो । तत्काललाई हेर्ने हो भने काठमाडौंमा हिजो बनेको बाटो भोलिपल्ट बिग्रिन्छ । जताततै हिलो खाल्डा–खुल्डी छ । त्यसैले ग्राहकले हाइ क्लियरेन्स गाडीलाई नै रुचाउने गरेका छन् । सोही मागलाई ध्यानमा राखेर इग्निस ल्याइएको हो ।

त्यस्तै इन्टेरियर फिचर्स, आउटलुक, इन्टरनेनमेन्ट, स्पेस तथा विभिन्न एडिसन फिचर्सहरु समाबेस गरिएको छ । विगतमा सेफ्टीलाई आवश्यक पर्ने ‘एयरब्याग’ ‘एबीएस’ भएको कार खरिद गर्न थप दुई लाख रुपैयाँसम्म महँगो पर्न जान्थ्यो । अहिले इग्निसको प्रिमियम ह््याचब्याकमै सो समावेश गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले अहिले सीमित समयको लागि इन्ट्रोडक्टरी मूल्य तोकेको छ । केही हप्ताअघि मात्रै गाडी सार्वजनिक गरिएकोले अहिलेसम्म सो रेट नै कायम रहेको बताइएको छ । केही समयपछि सो रेट बढ्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले कारमा यूरोफोर मापदण्डको इञ्जिन रहेको जनाएको छ । यसमा ‘के टुवेल्भ आल्मुनियम इञ्जीन जडान गरिएको छ । उक्त इञ्जीन सेटपले कारको वजन कम हुने र कम वजनले माइलेज राम्रो हुने कम्पनीको भनाइ छ ।

सेफ्टी 
इग्निस कारलाई सेफ्टीको लागि ‘स्ट्यान्डर्ड एक्रस अल भेरियन्ट’ भनिएको छ । कारमा बेसिक रुपबाटै सेफ्टीलाई प्राथमिकता दिइएको छ । जसमा सुजुकी टेक बडी (टोटल इफेक्टीभ कन्ट्रोल बडी), डुअल फ्रन्ट एयरब्याग, एबीएससँगै इबीडी, पेडेस्ट्रीयन प्रोटेक्सन, फुल फ्रन्टल, फ्रन्टल अफसेट, साइड इम्प्याक्टलगायत सेफ्टी समावेश गरिएको छ

\"\"डाइमेन्सन
कारको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३७००, १६९० र १५९५ सेन्टिमिटर छ । त्यस्तै कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम, सीटीङ्ग क्यापिसीटी ५ जनाको रहेको छ । २ सय ६० लिटर वुट स्पेश रहेकोे उक्त कारमा ३२ लीटरको फ्युल ट्यांङ्की क्षमताको छ । ट्रान्समिसन टाइप ५ एमटी–एएमटी रहेको छ ।

इञ्जिन
‘भीभीटी’ इञ्जिन टाइप रहेको छ । ११९७ सीसीको सो कारमा ४ सिलिण्डर, ६१ एडदरेट ६ हजार पावर (केडब्ल्यु एडदरटड ‘आरपीएम’), ११३ एडदरेट ४ हजार २०० टर्क (एनएम एडदरेट आरपीएम) रहेको छ ।

ड्राइभ पर्फर्मेन्स
फ्रन्ट डिस र रेयर ड्रम ब्रेक, इलेक्ट्रीक टाइप पावर स्टेरिङ, टर्निङ रेडियस ४.७ एम, टायर साइज १७५÷६५ आर १५ कारमा रहेको छ । त्यस्तै कारको तौल ८ सय २५ देखि ६० केजीसम्म रहेको छ । 
फ्युल इफिसेन्सी २०.८९ (केएम प्रतिलिटर) रहेको छ  । यी बाहेकका फिचर्सहरु भने इग्निसका विभिन्न मोडल अनुसार समावेश गरिएको छ । 

एक्सटेरिअर
फ्रन्ट ग्रिल विथ क्रोम एक्सेन्टस्, लीड प्रोजेक्टर हेडल्याम्प्स, ‘डीआरएल’, फग ल्याम्प्स, फग ल्याम्प वीथ क्रोम गार्निस, बडी कलरर्ड ओआरभीएमएस समावेश गरिएको छ । 
इन्टेरियर
डुअल टोन ड्यासबोर्ड, मीटर एक्ससेन्ट लाइटीङ्ग लगायत रहेका छन् ।

इन्टरटेन्मेन्ट
अडियो विथ एफएम एन्ड सीडी, स्मार्ट प्ले इन्फोटेन्टमेन्ट सीस्टम, ब्लुटुथ, यूएसबी, स्पीकर, ट्वीटर, अडियो रिमोर्ट कन्ट्रोल लगायत एड्भान्स इन्टरटेन्मेन्टलाई समेत कारमा राखिएको छ । 
कम्फर्ट एण्ड कन्भिनियन्स
एडिसन फिचर्सको रुपमा पुस स्टार्ट, रिमोर्ट कीलेश इन्ट्री, एयर कन्डीशनल विथ हिटर, अटोमेटिक एयर कन्डीसनर, इलेक्ट्रोनिक फोल्डीङ्ग ‘ओआरभीएम’ तथा एड्जस्टेबल ‘ओआरभीएम’, रेयर पावर विन्डोज, अटो डाउन ड्राइभर पावर विन्डोज, लगेज ल्याम्प, पार्सल ट्रे लगातय राखिएको छ । 

\"\"बाँकी सेफ्टी
सेक्युरीटी अलार्म सिस्टम, रेयर पार्कीङ्ग सेन्सर, रेयर भ्यु पार्कीङ्ग क्यामेरा, रेयर डिफगर, रेयर वीपर लगायत छन् ।

वारेन्टी÷ग्यारेन्टी 
कम्पनीले बिक्री भइसकेपछि इग्निसमा २ वर्ष फ्रि सर्भिसीङ्ग र ४ वर्षको वारेन्टी दिएको छ । जसमा इञ्जीन, गियर जस्ता कारको मुख्य इञ्जिनलाई प्राथमिकतामा राखेको छ । त्यस्तै मिटरको आधारमा ६० हजार किलोमिटर वारेन्टी छ । 

दशै अफरअन्तर्गत कम्पनीले इग्निसको सबै मोडलमा २ लाख रुपैयाँ छुट दिइएको छ । साथै एक्स्चेन्ज अफर अन्तर्गत ४० हजार रुपैयाँसम्म बोनस राखिएको छ । 

मूल्य 
भारतमा इग्निसको ४ वटा मोडल रहे पनि नेपाली बजारमा भने ३ वटा मोडल मात्र भित्र्याएको कम्पनीको भनाइ छ । जमसा कम मूल्य २८ लाख ८९ हजारको ११९७ सीसी रहेको डेल्टादेखि बढीमा ३५ लाख १९ हजार रुपैयाँ रहेको अल्फा डुवल टोन रहेको छ । अर्को जेटा पनि डुवल कलरमा बजारमा उपलब्ध  छ ।

कारको उपलब्ध कलर

सिंगल टोन बडी कलरमा आर्टीक ह्वाइट, सील्की सिल्भर, ग्लीस्टेनीङ्ग ग्रे, अप्टन रेड, टेनिस ब्ल्यु, अर्बान ब्ल्यु रहेको कार उपलब्ध छ । 

त्यस्तै डुवल टोन बडी कलरमा जेटा र अल्फा रहेका छन् । ती मोडलहरु अप्टन रेड र ब्लाकको कम्बीनेशन, टेनिश ब्ल्यु र मिड नाइट ब्लाक तथा टेनिश ब्ल्यु र आर्टीक ह्वाइटको कम्बीनेशनमा नेपाली बजारमा कम्पनीले उपलब्ध गराएको छ । 

स्टार्टिङ्ग मोडलको रुपमा रहेको डेल्टाभन्दा टप भेरियन्ट अल्फामा फुल फङ्शनमा उपलब्ध छ । जसरी मूल्य बढेको छ, त्यसरी नै कारमा उपलब्ध हुने एडीशनल फेसिलीटीहरु पनि थपिँदै गएको कम्पनीले जनाएको छ । 

२००६ सम्म जापानदेखि इग्निस भित्रिने गरेकोमा हाल भारतदेखि नै उक्त कारको म्यानुफेक्चर र एसेम्बल हुने गरेको छ । कम्पनीका अनुसार टप अप्सनमा इग्निस बजारमा भित्रिएको हो । 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय