देश

काठमाडौं । सुदूरपश्चिमको डोटी केन्द्रबिन्दु भएर मंगलबार रातिदेखि बुधबार बिहानसम्म तीनपटक भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा डोटीमै केन्द्रबिन्दु बनाएर पहिलो भूकम्प गएको थियो ।
त्यसपछि ९ बजेर ५६ मिनेट जाँदा अर्को धक्का महसुस भएको थियो । त्यसलाई भूकम्प मापन केन्द्रले ‘आफ्टरशक’ भनेको छ ।
बुधबार बिहान २ बजेर १२ मिनेट जाँदा अर्को भूकम्प गएको थियो । जुन ६.६ म्याग्निच्युडको थियो । यस धक्काले डोटीमा मानवीय क्षतिसमेत भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ ०३:५६
प्रतिक्रिया दिनुहोस्