site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना बिमा रकम भुक्तानी गर्न पत्रकार महासंघद्वारा ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 

गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना बिमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना बिमितको रकम उपलब्ध गराउनका लागि फैसला गरेपनि कम्पनीले फैसला कार्यन्वयन नगरेपछि महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा गएको टोलीले अजोड इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रमुख केदार खत्रीको ध्यानाकर्षण गराएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

उच्च अदालतको फैसलाअनुसार गत साउनमा भुक्तानीका लागि पत्र पठाएकाे र भुक्तानी नभएपछि असोज १० गते भुक्तानीमा ढिलाइ हुनुको कारणसहित लिखित जवाफ माग गर्दा पनि आलटाल गरेपछि पहिलो चरणमा ध्यानाकर्षण गराएको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए । 

उच्च अदालतले आदेश दिएको ५ महिना बितिसक्दा पनि भुक्तानीमा आलटाल भएकाले यथाशीघ्र रकम उपलब्ध गराउन माग गरिएको छ । भुक्तानीमा ढिलाइ भए महासंघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

Global Ime bank

२०७७ जेठमा पत्रकार महासंघ मोरङले मोरङका २३० जना सञ्चारकर्मीको अजोड इन्स्योरेन्स बिमा गरेको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय