site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन नजिकिँदा सुनसरी–मोरङमा जाली नोटको कारोबार बाक्लियो

इटहरी (सुनसरी) । चुनाव नजकिँदै गर्दा मुखमा मोरङ र सुनसरीका सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय भएको छ । यसले चुनावमा मतदातालाई असर गर्नसक्ने कतिपय उमेदवारले बताएका छन् । प्रदेशको राजधानी विराटनगरका बैंकमा दसैँयता नक्कली नोट फेला परेको दर्जनौ घटना सार्वजनिक भइसकेका छन् । तर, विराटनगर र सीमावर्ती क्षेत्रमा यसको नियन्त्रणमा प्रहरी प्रशासनले खासै चासो दिएको पाइएको छैन । सुनसरीमा भने जाली नोट कारोबारमा संलग्नहरू पक्राउ पर्न थालेका छन् । 

चुनावको मौका छोपेर सीमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबार गर्न गिरोह सक्रिय भएको पाइएको हो । खुला सीमा र निर्वाचनको बेला आर्थिक कारोबार बढी हुने हुँदा कारोबारीहरु सक्रिय हुने सुनसरी प्रशासनको भनाइ छ । 

सुनसरीको देवानगञ्ज गाउँपालिकमा नक्कली नोटको कारोबार गरेको आरोपमा सुनसरी प्रहरीले १ नावालकसहित २ जनालाई पक्राउ गरेको छ । १ हजारको ६ थान नक्कली नोटसहित देवानगञ्ज गाउँपालिका २ का रवीन्द्र कुमार मेहता, श्यामदेव मेहता र एक नावालकलाई प्रहरीले पक्राउ गरेको थियो । जाली नोट कारोबारमा उनीहरूलाई मुद्दा चलाएको जनाइएको छ । 

श्यामदेव मेहतालाई अहिले पूर्पक्षको लागि जेल चलान गरिएको छ । उनको साथबाट ५ थान एक हजारका नक्कली नोट बरामद भएको थियो । एक थान नक्कली नोटसहित पक्राउ परेका रवीन्द्रलाई अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको छ । तर, धरौटी बुझाउन नसकेपछि उनी पनि कारागार चलान भएका छन् ।  

पक्राउ परेका नावालकलाई भने आफन्तको जिम्मा लगाएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिएका छन् । 

गाउँमा लागेको मेलामा खाजा खान गएका ती नावालकले एक हजारको नक्कली नोट व्यापारीलाई दिएका थिए । व्यापारीलाई शंका लागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोधपुछ गर्दा बालकले रवीन्द्रले दिएको बयान दिएका थिए । एसपी ढकालले भने, “पछि रवीन्द्रलाई पक्राउ गरी सोधपुछ गर्दा श्यामदेव महेताले दिएको बताए ।” 

रवीन्द्रलाई नक्कली नोट दिने श्यामदेव स्थानीय व्यापारी हुन् । उनले थाहा पाएरै नक्कली नोट दिएको अनुसन्धानमा देखिएको उपरीक्षक ढकालले बताए । उनलाई नक्कली नोट कसले दियो भन्ने विषयमा श्यामदेवले केही नबताएकाले थप अनुसन्धान भइरहेको ढकालले जनाएका छन् ।
चुनावको बेला नक्कली नोटको कारोबार हुने सम्भावनालाई ध्यानमा राखेर विशेष निगरानी बढाएको उपरीक्षक ढकालले बताए । वारिपारी दुवैतर्फका प्रहरीसँगको सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको उनले बताए । 

यता, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नक्कली नोटको कारोबारलाई निर्वाचन थ्रेटको रुपमा प्रशासनले राख्ने गरेको बताएका छन् । अघिल्ला निर्वाचनमा जस्तै यसपटको निर्वाचनमा पनि नक्कली नोटको कारोबार सुरक्षा थ्रेट रहेको यादवले बताए । 

“खुला सीमा छ, चुनावकै बेला धेरै आर्थिक कारोबार हुन्छ भनेर गिरोहहरू सक्रिय हुने गरेका छन् । नक्कली नोट अलिअलि मिसाउँदै बजारमा पठाउने देखिएको छ,” प्रजिअ यादवले भने । 

यस्तो ‘थ्रेट’ रोक्नका लागि प्रशासनले विशेष अभियान सुरु गरेको प्रजिअ यादवले जानकारी दिए । हामीले नक्कली नोटको कारोबार रोक्न, भारतीय पक्षसँग पनि सहकार्य गर्दै सुरक्षा गस्ति भइरहेको प्रजिअ यादवले सुनाए ।
 
खुला सीमामा हुने मानिसको वारपार अर्को सुरक्षा चुनौती रहेको प्रशासनको भनाइ छ । भारतका छिमेकी जिल्लामा बसोबास गर्दै आएका यताका मतदातालाई चुनावको समयमा वारी ल्याउने र कब्जामा राख्दै भोट हाल्न लगाउने प्रवृत्ति छ । निजी हतियार पनि सुरक्षाको चुनौती हुने प्रशासनको भनाइ छ । 

सुनसरीका ५९ मतदान स्थललाई अति संवेदनशीलको रुपमा वर्गीकरण गरिएको छ । सुनसरी प्रशासनका अनुसार ६५ वटा संवेदनशील र ४२ वटा सामान्य रहेको छ । सुनसरीमा  १६६ मतदान स्थल र ५९१  मतदान केन्द्र रहेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro